शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

तस्करीमा नयाँ शैली : नाबालकले लगाउने कपडाको बटन नै सुनको

images
सोमबार, असार २० २०७९
images
तस्करीमा नयाँ शैली : नाबालकले लगाउने कपडाको बटन नै सुनको

लगेजभित्र राखिएको नाबालकले लगाउने सिङ्गल पिस पोशाक ५ थानको टाँक (स्टिल बटन) भित्र लुकाईछिपाई राखिएको ६० वटा सुनका रिङ फेला परेको

images
images

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले नाबालकले लगाउने कपडाको बटम नै सुनको बनाएर अवैध रुपमा लुकाइछिपाइ ल्याएको सुन नियन्त्रणमा लिएको छ।

images
images
images

असार २० गते सोमबार बिहान करिब ११ बजे दुवईबाट काठमाडौं आएका एक जना यात्रुले आफ्नो साथमा लिएर आएको लगेज चेकजाँच गर्ने क्रममा उक्त लगेजभित्र राखिएको नाबालकले लगाउने सिङ्गल पिस पोशाक ५ थानको टाँक (स्टिल बटन) भित्र लुकाइछिपाइ राखिएको ६० वटा सुनका रिङ फेला परेको कार्यालयले जनाएको छ।

images
images

96409417-eab9-4974-ad13-3d870c7ab805.jpg

images
images

नियन्त्रणमा लिएको सुनको तौल करिब १२५ ग्राम रहेको छ। सुमन दमाई नाम गरेका ती यात्रु भिजिट भिषामा दुवई गएको र काम गर्ने अवसर नपाएर नेपाल फर्कने क्रममा दुवई एयरपोर्टमा अपरिचित व्यक्तिले आफन्तको बच्चाको लागि उपहारको रूपमा उक्त पोशाकहरू नेपालसम्म पुर्‍याइदिन अनुरोध गरेको हुँदा ल्याइदिएको कुरा बताएका छन्।

त्यसरी फेला पारेको सुन स्टील बटनको भित्री भागमा फिट गरि राखिएको र झट्ट हेर्दा फलामको टुक्रा जस्तै देखिने किसिमको रहेको छ।

सामान्यतया एउटा धातुभित्र अर्को धातु लुकाइछिपाइ ल्याउँदा पहिचान गर्न कठिन हुन्छ भनेर नै योजनावद्ध ढङ्गबाट बटन भित्र सुनलाई फिट गरि पठाइएको हुनसक्ने कार्यालयको भनाइ छ।


प्रकाशित : सोमबार, असार २० २०७९०९:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend