शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

बजेटमा बिचौलियाको संलग्नताको विषयमा छानबिन गर्न ओलीको माग 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार २० २०७९
images
बजेटमा बिचौलियाको संलग्नताको विषयमा छानबिन गर्न ओलीको माग 

बजेट निर्माणको पूर्वसन्ध्यामा अनधिकृत व्यक्तिको संलग्नताको विषयमा समाचार प्रकाशित भएपछि एमालेले संसदीय छानबिनको माग गरेको थियो। तर सभामुख अग्नि सापकोटाले यस बारेमा कुनै कदम चालेका छैनन्। 

images
images

काठमाडौं- प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बजेट निर्माणमा बिचौलियाको प्रवेशको विषयमा छानबिन गर्न माग गरेका छन्। 

images
images
images

प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले बजेट तथा करका दर हेरफेरमा बिचौलियाको संलग्नताको विषय आर्थिक अपराध भएको र यस्तो विषयमा छानबिन हुनुपर्ने माग गरेका छन्। 

images
images

'देशको आर्थिक अवस्था गम्भीर अवस्थामा छ। यस्तो बेला उल्टै बिचौलियाको योजनामा करका दर हेरफेर गरिन्छ। यस्तो विषयमा छानबिन गर्नुपर्दैन?' प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गर्दै उनले भने, 'यस्तो गम्भीर विषयमा संसद निरिह हुन हुँदैन। यसमा छानबिन हुनुपर्छ।' 

images
images

बजेटबाट देशका सीमित व्यवसायी तथा घरानालाई पोस्नेगरी ल्याइएको उनले आरोप लगाएका छन्। करका दर तथा बजेटको भाषण सुन्दैमा निश्चित व्यवसायी पोस्ने काम गरेको प्रष्ट देखिने उनको भनाइ छ। 

'बजेट कसका लागि बनाइयो? यो त हेर्दैमा प्रष्ट छ करका दरदेखि प्रोत्साहनसम्मको लाभग्राही को छन्। २/४ जना व्यवसायीको गन्ध आउनेगरी बजेट बनाइएको छ' उनले भने। 

बजेट निर्माणको पूर्वसन्ध्यामा अनधिकृत व्यक्तिको संलग्नताको विषयमा समाचार प्रकाशित भएपछि एमालेले संसदीय छानबिनको माग गरेको थियो। तर सभामुख अग्नि सापकोटाले यस बारेमा कुनै कदम चालेका छैनन्। 

अर्थमन्त्री जनार्दन शर्माको राजिनामा माग गर्दै एमाले सांसदले उनलाई बहिष्कार गर्दै आएका छन्। 


प्रकाशित : सोमबार, असार २० २०७९०८:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend