शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

मन्त्रिपरिषद् पुनर्गठन, फेरिए तीन मन्त्री

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार २० २०७९
मन्त्रिपरिषद् पुनर्गठन, फेरिए तीन मन्त्री

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम मौजुदा मन्त्रिपरिषद्मा पुनर्गठन गरेकी हुन्। 

पुनर्गठनसँगै कृषि, तथा पशुपक्षी विकास मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्रीमा प्रदीप यादव नियुक्त भएका छन्।

जनता समाजवादी पार्टी (जसपा) नेपालले यसअघिका मन्त्रीलाई फिर्ता बोलाएर उनीहरुलाई सरकारमा पठाएको हो। 

यसअघि जसपाबाट कृषि तथा पशुपक्षी मन्त्रीमा महिन्द्रराय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा रेनुकुमारी यादव र वन तथा वातावरण मन्त्रीमा रामसहाय प्रसाद यादव थिए। नवनियुक्त मन्त्रीको आजै अपराह्न शपथ कार्यक्रम राखिएको बताइएको छ। राष्ट्रपति भण्डारीले यसअघि यही असार १२ गते मौजुदा मन्त्रिपरिषद्मा हेरफेर गरेकी थिइन्। रासस


प्रकाशित : सोमबार, असार २० २०७९०८:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend