शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

विद्युतीकरणतर्फ लम्कियो सुजुकी, यस्तो छ विद्युतीय सवारीमात्र उत्पादन गर्ने योजना

सोमबार, असार २० २०७९
विद्युतीकरणतर्फ लम्कियो सुजुकी, यस्तो छ विद्युतीय सवारीमात्र उत्पादन गर्ने योजना

विद्युतीय सवारी वार्षिक ३५ देखि ४० किलोमिटर कुदाएमात्र त्यसको मूल्यअनुसारको उपादेयता हुनेछ। हाल भारतीय कार ओनरहरुले वार्षिक औषत १० हजार किलोमिटरमात्र कुदाइ रहेका छन्। 

काठमाडौं- भारतको सबैभन्दा ठूलो कार उत्पादक कम्पनी मारुती सुजुकीले डिजेल कारको उत्पादन कम गर्दै लगेको र अर्को चरणमा डिजेल कारको उत्पादन बन्द गर्ने बताएको छ। प्रदूषण कम गर्ने सरकारी योजनाअनुसार जीवास्म इन्धनबाट चल्ने सवारीको उत्पादन क्रमिक रुपमा बन्द गर्दै जाने मारुती सुजु्की इन्डियाले जनाएको छ। 

यसका लागि सुजुकीले हाइब्रिड, फ्लेक्सफ्युल, बायोफ्युल तथा पूर्णविद्युतीय कार उत्पादन गर्दै जाने बताएको छ। यो सबै चरण पार गरे पूर्णविद्युतीकरणमा पुग्न ७ देखि १० वर्ष लाग्ने कम्पनीले जनाएको छ। 

भारत सरकारले २०२० अप्रिलदेखि बीएस ६ मापदण्ड लागु गरेसँगै सुजुकीले भारतमा डिजेल कार उत्पादनलाई निरुत्साहित गर्दै लगेको छ। कम्पनीले वातावरणमैत्री प्रविधिको विकासलाई उच्च प्राथमिकता दिएको सुजुकी मोटरको प्रमुख प्रविधि अधिकृत सीआर रामनले बताएका छन्। आगामी दशकमा सजुकीसँग कुनैपनि पेट्रोल सवारी नहुने र सबै सवारी वातावरणमैत्री हुने उनले बताएको इकोनोमिक टाइम्सले लेखेको छ। 

सुजुकीका सवारीले आर्थिक वर्ष २०२२-०२३ भित्र सबै सवारीले कर्पोरेट एभरेज फ्युल इकोनोमि (सीएएफई) स्ट्यान्डर्ड लागु हुने दाबी गरेको छ। त्यस्तै बीएस ६ को दोस्रो चरण आगामी वर्ष पुरा हुने र २०२७ सम्म प्रदूषण मापदण्ड अझ कडा रुपमा कार्यान्वयनमा आउने सुजुकीले जनाएको छ। 

विद्युतीय सवारी आईसी इन्जिनयुक्त सवारीको तुलनामा महँगो भएकाले सबै सवारीलाई विद्युतीकरण गर्न केही समय लाग्ने दाबी सुजुकीको छ। विद्युतीय सवारी वार्षिक ३५ देखि ४० किलोमिटर कुदाएमात्र त्यसको मूल्यअनुसारको उपादेयता हुनेछ। हाल भारतीय कार ओनरहरुले वार्षिक औषत १० हजार किलोमिटरमात्र कुदाइ रहेका छन्। 

मूल्यका साथै विद्यूतीय सवारीका लागि चार्जिङ पूर्वाधार समेत अहिलेको चुनौतीको रुपमा रहेको सुजुकीले जनाएको छ। ६० प्रतिशतभन्दा बढी भारतीयहरुले आफ्नो कार सडकमै पार्किङ गर्छन्। त्यसैले यो हिसाबमा २०-२५ प्रतिशतले मात्र चार्जिङ पोइन्टमा पार्किङ गर्ने अवसर पाउँछन्। 

त्यस्तै भारतमा उत्पादित ७० प्रतिशत विद्युत कोइलामा आधारित छन्। यसरी आएको विद्युतले सञ्चालन हुने विद्युतीय कारले पूर्णरुपमा प्रदूषणरहित हो भनेर प्रमासणत हुन समेत कठीन रहेको जिकिर हुँदै आएको छ। त्यसैले प्रदूषण न्यूनीकरण गर्न सबै पक्षलाई वातावरणमैत्री बनाउँदै जानु पर्ने रामनको भनाइ छ। 

यसकाबीच मारुती सुजुकीले भारतमा २०२५ मा पहिलो विद्युतीय कार सार्वजनिक गर्ने तयारी गरिरहेको छ। भारत सरकारले २०३० सम्ममा ३० प्रतिशत सवारी विद्युतीय हुने अनुमान गरेको छ। ‘यसको अर्थ ७० प्रतिशत सवारी गैर विद्युतीय नै हुनेछन्,’ रामनले भनेका छन्, ‘यो समयसम्ममा उपभोक्ताले कम प्रदूषण गर्ने प्रविधियुक्त सवारीको विकल्पहरु पाउने नै छन्।’ 

सुजुकीले भारतमा तत्काललाई हाइब्रिडलाई प्राथमिकता दिएर त्यसपछि क्रमिक रुपमा विद्युतीयमा परिणत गर्ने योजना अघि सारेको छ। त्यसका लागि सुजुकी र टोयोटाले भारतीय बजारमा हाइब्रिड कार ल्याउन सहकार्यको सम्झौता समेत गरिसकेका छन्। 

नेपाली बजारमा समेत सुजुकीका कार निक्कै लोकप्रिय छन्। हाल डिजेल पेट्रोल कार मात्र उपलब्ध भएपनि भारतमा हाइब्रिड कार उत्पादन भएलगत्तै नेपाली बाजरमा समेत सुजुकीका हाइब्रिड कार आउने छन्। अहिलेपनि स्मार्ट हाइब्रिड कार भने आइरहेका छन्। भारतमा प्योर हाइब्रिड कार सार्वजनिक भएको र थप नयाँ मोडल पनि सार्वजनिक हुने क्रममा छ। नेपालमा पनि आगामी नाडा अटो सोको समयमा सुजुकीको प्योर हाइब्रिड कार अउने अनुमान गरिएको छ।


प्रकाशित : सोमबार, असार २० २०७९०७:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend