शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

जसपाले भौतिक पूर्वाधार,वन र कृषिमन्त्री फेर्न पठायो नयाँ नाम

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार २० २०७९
जसपाले भौतिक पूर्वाधार,वन र कृषिमन्त्री फेर्न पठायो नयाँ नाम

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा रहेका तीन मन्त्रीलाई फिर्ता बोलाएको छ। भौतिक पूर्वाधारमन्त्री रेणु यादव, वनमन्त्री रामसहायक यादव र कृषिमन्त्री महेन्द्रराय यादवलाई फिर्ता बोलाइएको हो।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ। पार्टीले रिक्त मन्त्रालयमा नयाँ मन्त्रीसमेत सिफारिस गरेको छ। भौतिक पूर्वाधार मन्त्रीमा मोहम्मद इस्तियाक राई, वन मन्त्रीमा प्रदीप यादव र कृषि मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादवलाई सिफारिस गरिएको छ। 

मन्त्रीमा सिफारिस भएका सांसद यादवले पार्टीले मन्त्री परिवर्तनका लागि सिफारिस गरेको जानकारी दिए।

उनले भने, 'पार्टीले मन्त्रीहरु सिफारिस गरेको हो, शपथको टुङ्गो भएको छैन हामी प्रतीक्षामा छौँ।'

पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार साँझ बालुवाटारमा भेटेर पार्टीबाट सिफारिस भएका नयाँ मन्त्रीको नाम बुझाएका थिए। जसपाभित्र छ महिनाका लागि मन्त्री पठाइएको भन्दै फिर्ता बोलाउन पहिलेदेखि नै माग भइरहेको थियो। रासस


प्रकाशित : सोमबार, असार २० २०७९०६:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend