शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

१.९ सेकेन्डमै शून्यदेखि १०० किलोमिटर गति तय गर्ने विद्युतीय कार

शुक्रबार, असार १७ २०७९
१.९ सेकेन्डमै शून्यदेखि १०० किलोमिटर गति तय गर्ने विद्युतीय कार

ड्राको ड्रागनको मूल्य १२ लाख ५० हजार अमेरिकी डलरभन्दा बढी हुने अनुमान गरिएको छ। 

काठमाडौं- ड्राको मोटर्सले शक्तिशाली विद्युतीय कार ल्याउने भएको छ। कम्पनीले सुपर एसयूभी कार ल्याउने गरि हालै प्रोटोटाइप सार्वजनिक गरेको हो। 

ड्राकोले ल्याउने ड्राको ड्रागन एसयूभी २ हजार हर्सपावर (१४ सय ९१ किलोवाट) सहित उत्पादन हुने दाबी कम्पनीले गरेको छ। यो एसयूभी कम्पनीको ड्राको ड्राइभओएस भेहिकल आर्किटेक्चरमा आकारित हुनेछ। ड्राको ड्राइभओएस क्याड मोटर पावरट्रेन्ड यो कारमा कम्पनीको भनाइ छ।

४ वटा विद्युतीय मोटर जडान हुने यो कारले १.९ सेकेन्डमै शून्यदेखि १ सय किलोमिटरको गति तय गर्ने दाबी कम्पनीले गरेको छ। यो कारको उच्च गति ३ सय २१ किलोमिटर प्रतिघण्टा हुनेछ। ड्राको ड्रागन एसयूभीमा थ्री स्टेज सस्पेन्स दिइनेछ। 

drako-dragon-suv-teasers.jpg

विद्युतीय सुपर कार सेगमेन्टमा ड्राको ड्रागनले नयाँ बेन्चमार्क कायम गर्ने विश्वास कम्पनीले लिएको छ। अत्याधुनिक विशेषताले भरिएको कार बजारमा आउने छ। ड्राको ड्रागनको मूल्य १२ लाख ५० हजार अमेरिकी डलरभन्दा बढी हुने अनुमान गरिएको छ। 

कम्पनीले यो कारको मूल्य अन्य सुपर कार निर्माता लेम्बरगिनीको उरुस, बेन्टलेको बेन्टेगालगायतसँग प्रतिस्पर्धी हुनेगरि तय हुने समेत जनाएको छ। यो कारमा गुलवीङ डोर हुनेछ। सीमित संख्यमा उत्पादन हुने यो कार कहिलेदेखि बजारमा आउँछ भन्ने कुरा कम्पनीले खुलाएको छैन। 

ड्राको मोटर २०१३ मा स्थापना भएको कम्पनी हो। अमेरिकाको क्यालिफोर्नियामा मुख्यालय रहेको कम्पनीका सीईओ तथा संस्थापक शिव सिकन्ड हुन्। कम्पनीले यसअघि ड्राको जीटीई कार उत्पादन गरेको थियो।


प्रकाशित : शुक्रबार, असार १७ २०७९१३:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend