शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

बागमती प्रदेश सरकार परिर्वतनको निर्णय गठबन्धनबाटै हुन्छ : राजेन्द्र पाण्डे

बिहीबार , असार १६ २०७९
बागमती प्रदेश सरकार परिर्वतनको निर्णय गठबन्धनबाटै हुन्छ : राजेन्द्र पाण्डे

काठमाडौं- बागमती प्रदेश सरकार परिर्वतनको विषय प्रदेशस्तरको नेताबाट मात्रै सम्भव नभएको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बताएका छन्।

पाण्डेले प्रदेश सरकार परिर्वतनसँग जोडिएर आएका प्रश्नहरुको निरुपण पाँचदलीय गठबन्धनको केन्द्रीय बैठकबाट नै हुने बताएका छन्।

‘गठबन्धनको मुल स्प्रिट कायम रहने गरी आगामी कदम तय हुन्छ,’ मुख्यमन्त्री पाण्डेले भने।

यता कांग्रेस र माओवादी नेताहरुले भने मुख्यमन्त्री पाण्डेले गठबन्धनबीच भएको सहमति पालन नगरेको आरोप लगाइरहेका छन्।

कांग्रेस र माओवादी नेताहरुले त सरकार परिर्वतनका लागि हस्ताक्षर संकलन समेत सुरु गरेका छन्। नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्री पाण्डेले ६ महिना पद सम्हाल्ने र त्यसपछि कांग्रेसलाई प्रदेश सरकारको नेतृत्व दिने सहमति गठबन्धनमा भएको थियो।

सोहीअनुसार काम नभएको कांग्रेस र माओवादीले आरोप लगाउँदै आएका छन्।


प्रकाशित : बिहीबार , असार १६ २०७९११:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend