शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

कर्णाली करिडोरका दुई खण्डको ट्रयाक खोल्ने जिम्मा सेनालाई

मंगलबार, असोज १२ २०७८
कर्णाली करिडोरका दुई खण्डको ट्रयाक खोल्ने जिम्मा सेनालाई

कालिकोटकाे लैफूबद्री गाउँदेखि हुक्का खोलासम्मको १३.५ किलाेमिटर र हुम्लाको दुल्ली कुनादेखि लाली बगरसम्मको ७ किलोमिटर क्षेत्रमा ठूलो चट्टान भएकाले सरकारले सो सडक खण्डको ट्रयाक निर्माण सेनालाई दिइएको कर्णाली करिडोर अन्तर्गत हिल्सा–सिमकोट सडक योजनाका प्रमुख विष्णु लामाले बताए।

काठमाडौं- सरकारले कर्णाली करिडोर अन्तर्गत दुई खण्डको ट्रयाक निर्माण नेपाली सेनालाई दिने निर्णय गरेको छ। गतसाता बसेको मन्त्रिपरिषद बैठकले करिडोर अन्तर्गतको २०.५ किलोमटिर सडकको ट्रयाक खोल्ले जिम्मा सेनालाई दिने निर्णय गरेको हो।  

कर्णाली करिडोर अन्तर्गत कालिकोटमा पर्ने लैफूबद्री गाउँदेखि हुक्का खोलासम्मको १३.५ र हुम्लाको दुल्ली कुनादेखि लाली बगरसम्मको ७ किलोमिटर सडकको ट्रयाक निर्माणको जिम्मा सेनालाई दिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका थिए। 

कालिकोटकाे लैफूबद्री गाउँदेखि हुक्का खोलासम्मको १३.५ किलाेमिटर र हुम्लाको दुल्ली कुनादेखि लाली बगरसम्मको ७ किलोमिटर क्षेत्रमा ठूलो चट्टान भएकाले सरकारले सो सडक खण्डको ट्रयाक निर्माण सेनालाई दिइएको कर्णाली करिडोर अन्तर्गत हिल्सा-सिमकोट सडक योजनाका प्रमुख विष्णु लामाले बताए।

‘यो खण्डमा कडा चट्टान भएकाले सडक विभागमार्फत काम गर्दा समय लाग्ने भएकाले सेनालाई दिने निर्णय भएको हो,’ उनले भने, ‘चट्टान फुटाउन चाहिने बिस्पोटक पदार्थ सेनासँगै लिनु पर्ने भएकाले सहज रुपमा ट्रयाक खुलोस् भनेर सेनालाई दिइएको हो।’ 

हुम्लाको छाडे भिर र सुनाखाडा भिरको एक किलोमिटर क्षेत्र निक्कै नै कठिन चट्टान छ। त्यसैगरि कालिकोटको लैफूबद्रीमा अलाइन्टमेन्ट नै परिवर्तन गर्नु पर्ने अवस्था रहेको छ। विगतमा बनेको सडकमा अलाइनमेन्ट परिवर्तन गर्नुपर्ने भएकाले त्यो स्थानमा समेत ठूलो चट्टान भएकाले कालिकोट खण्ड पनि सेनालाई नै दिइएको हो। 

पछिल्लो पटक सेनालाई ट्रयाक निर्माण गर्न दिइएको खण्डको लगातबारे भने अध्ययनपछि मात्र आउने छ। सरकारले सेनालाई ट्रयाक खोल्न दिने निर्णय गरिसकेकाले अब नेपाली सेनाले अध्ययन गरेर लगायतलगायत सबै स्टमेट तयार गरि काम सुरु गर्नेछ। 

सरकारले उत्तर-दक्षिण व्यापारिक मार्गको रुपमा ठूला नदी करिडोरलाई उपयोग गर्ने नीति लिएको छ। त्यही नीति अन्तर्गत कोशी, कालीगण्डकी तथा कर्णाली करिडोरलाई व्यापारिक मार्गका रुपमा विकास भइरहेको छ। 

उत्तर-दक्षिण जोड्न करिडोर नै छोटो र उपयुक्त विकल्पका रुपमा आएको हो। भौगोलिक अवस्थाका कारण अन्यत्रबाट भन्दा नदी करिडोरबाट बाटो बनाइएको हो। 

कर्णाली करिडोर खुलालु-लैफु-सल्लीसल्ला खण्डको निर्माण जिम्मा समेत नेपाली सेनाले नै पाएको थियो। सो सडक खण्डको ट्रयाक निर्माण सकेर सेनाले २०७८ साउनमा हस्तान्तरण गरेको थियो। सडक विभागलाई हस्तारन्तरण गरिएको सो सडकको बाँकी काम विभागले नै गर्ने छ। 

२०७१ चैत ९ गते निर्माण सुरु भएको १ सय २२.७५ किलोमिटर सडकको ट्रयाक निर्माण गरेर सेनाले हिल्सा-सिमकोट सडक योजनालाई हस्तान्तरण गरेको थियो। 

गत साउनमा खुलालु-लैफु-सल्लीसल्ला खण्ड हस्तारन्तरण गर्ने क्रममा नै सडक आयोजनाले हुम्लाको छारे चट्टान भिर कटान गर्न सेनालाई अनुरोध गरेको थियो। त्यही अनुरुप सरकारले कालिकोट र हुम्लाको चट्टाने भिरमा ट्रयाक बनाउने जिम्मा सेनालाई दिएको हो। 

कर्णाली करिडोर हिल्सा नाका पुग्ने सबैभन्दा छोटो मार्ग हो। नेपालगञ्जदेखि चीनको सीमा हिल्सासम्म ५ सय १२ किलोमिटर उत्तर-दक्षिाण व्यापारिक मार्ग अन्तर्गत कर्णाली करिडोरमा ट्रयाक खुल्न १० किलोमिटरमात्र बाँकी छ। 

कर्णाली करिडोरको लम्बाई १ सय ९६ किलोमिटर रहेको छ। त्यसमध्ये १ सय २३ किलोमिटरको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनाले पाएको थियो। 


प्रकाशित : मंगलबार, असोज १२ २०७८०३:४४
  • सम्बन्धित विषय:

  • # कर्णाली करिडोर


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend