शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

एकै नम्बर प्लेटका दुई मोटरसाइकल : कुन सक्कली, कुन नक्कली?

बुधबार, असार १५ २०७९
एकै नम्बर प्लेटका दुई मोटरसाइकल : कुन सक्कली, कुन नक्कली?

काठमाडौं- गौशाला चोकमा बुधबार बिहान एकै नम्बर प्लेटका दुई मोटरसाइकल भेटिए। चोकमा सडक बत्तीमा रोकिएका बेला चकित पर्ने दृश्य देखेपछि प्रदीप जंग क्षेत्रीले तस्बिर लिइहाले। उनको तस्बिर बिहानैदेखि सामाजिक सञ्जालभर फैलियो।  

हुन पनि वैधानिक रुपमा दर्ता भएका सवारीसाधन हरेकको 'युनिक नम्बर' अर्थात भिन्दाभिन्दै नम्बर हुन्छ। सवारीको वर्गअनुसारको संकेत कोड हुने व्यवस्था सवारी तथा यातायात व्यवस्था नियमावलीमा उल्लेख छ। त्यहीअनुसार कार तथा जिपको हकमा 'च' कोडमा दर्ता हुन्छ भने मोटरसाइकल 'प' कोडमा दर्ता हुन्छ। यो निजी प्रयाेजनका सवारका लागि दिइएको कोड हाे। अन्य प्रयोजनका सवारीको कोड फरक हुने व्यवस्था छ। 

तर बुधबार गौशालामा भेटिएका दुई भिन्न कम्पनीका भिन्न मोटरसाइकलमा एउटै नम्बर प्लेट हुनु भनेको सामान्य होइन। यसरी एउटै नम्बरमा दुई मोटरसाइकल हुनु भनेको एउटाको बदमासी पक्का हो। 

ती दुई मोटरसाइकल बागमती प्रदेश ०२ ०२२ प २३८० नम्बरका छन्। कसरी एकै नम्बर प्लेटका २ वटा मोटरसारइकल दर्ता भए। बुधबार बिहानैदेखि तस्बिर फैलिएपछि त्यसमा ट्राफिक प्रहरीले पनि खोजी सुरु गर्‍यो। 

यी दुवै मोटरसाइकलले लेखेका नम्बर कसको सही हो भनेर पत्ता लगाउन सवारी दर्ता भएको कार्यालयले राखेको अभिलेख नै हेर्नुपर्छ। बागमती प्रदेश अन्तर्गतको यातायात व्यवस्था कार्यालय मोटरसाइकल, सतुंगलमा सो मोटरसाइकल दर्ता भएको छ। दुईमध्ये कुन चाहिँ मोटरसाइकल सक्कली र कुन नक्कली हो थाहा पाउन ढड्डा नै खोतल्नु पर्छ।

कार्यालयले ट्राफिक प्रहरीलाई समेत साे विवरण उपलब्ध गराएको छ। साेही विषयमा कार्यालयले विज्ञप्तिसमेत जारी गरेर भ्रममा नपर्न आग्रह गरिसकेको छ। कार्यालयको ढड्डामा उल्लेखित विवरणअनुसार नम्बर प्लेटको यथार्थबारे बिजनेस न्युजले समेत खोजेको थियो। 

yatayat kagaj 1.jpg
दर्तामा उल्लेख रहेको विवरण।

कार्यालयमा भएका दर्ता विवरणमा फोटामा देखिएका पल्सर १५० सीसीको मोटरसाइकलको नम्बर प्लेट सक्कली रहेको छ। शिवहरी सत्यालको नाममा दर्ता भएको पल्सरको नम्बर प्लेटचाहिँ सक्कली हो।

तर त्यही तस्बिर रहेको अर्को मोटरसाइकलमा पनि समान एउटै नम्बर भएकाले दोस्रो मोटरसाइकलले नक्कनी नम्बर प्लेट राखेको वा चोरीको मोटरसाइकल हुने कार्यालयले जनाएको छ। 

यसरी दुई वटा मोटरसाइकलमा एउटै नम्बर प्लेट भएको तस्बिर आएकाले कार्यालयले यसबारेमा ट्राफिक प्रहरीलाई आवश्यक विवरणसहित लेखि पठाएको सतुंगल कार्यालयले जनाएको छ। 

yatayat kagaj.jpg


प्रकाशित : बुधबार, असार १५ २०७९१२:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend