शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

फाइबर टू होम नेटवर्क अपग्रेड गर्दै वर्ल्डलिंक, अपलोड बराबरकै डाउनलोड स्पिड दिने 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार १५ २०७९
फाइबर टू होम नेटवर्क अपग्रेड गर्दै वर्ल्डलिंक, अपलोड बराबरकै डाउनलोड स्पिड दिने 

कम्पनीले आफ्नो फाइबर टू होम नेटवर्क अर्को साता देखी क्रमशः  एक्सजीएस - पोनमा अपग्रेड हुने भएको छ।  एक्सजीएस–पोनमा नेटवर्क अपग्रेड गर्ने वर्ल्डलिंक नेपालको पहिलो कम्पनी हो । 

काठमाडौं- इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले  आफ्नो फाइबर टू होम नेटवर्क अपग्रेड गर्ने भएको छ। 

सेवालाई गुणस्तरीय बनाउनका लागि भन्दै कम्पनीले प्रविधि परिवर्तन गर्न लागेको हो। गिगाबीट प्यासिभ अप्टिकल नेटवर्क स्तरोन्नती गर्न आवश्यक परीक्षण सफलतापूर्वक सम्पन्न  गरिएको कम्पनीले जानकारी दिएको छ। 

कम्पनीले आफ्नो फाइबर टू होम नेटवर्क अर्को साता देखी क्रमशः  एक्सजीएस - पोनमा अपग्रेड हुने भएको छ।  एक्सजीएस–पोनमा नेटवर्क अपग्रेड गर्ने वर्ल्डलिंक नेपालको पहिलो कम्पनी हो। 

नेटवर्क स्तरोन्नतिसँगै फाबर टू होम इन्टरनेट सेवाको डाउनलोड  र अपलोड स्पीड बराबर हुने भएको छ। १० जीबीपीएस डाउनलोड स्पिड र १० जीबीपीएस अपलोड स्पिड समानरुपमा दिन सकिने कम्पनीले जानकारी दिएको छ। इन्टरनेट नेटवर्कमा पोन एउटा यस्तो विन्दु (एक्सेस लोकेशन) हो, जहाँबाट इन्टरनेटको मुख्य फाईबर पूर्वाधार (प्यासिभ  इन्फ्रास्ट्रक्चर) बाट विभिन्न ग्राहकहरूका लागि इन्टरनेटको फाईवर तार अलग्याएर लगिएको हुन्छ र घरको फाईवर राउटरमा जोडिएको हुन्छ। 

जीपोनको तुलनामा नयाँ १० जीबीपीएस एक्सजीएस पोनमा अपलिङ्क ब्याण्डविथको क्षमता आठ गुणा बढी र डाउनलिङ्‍क ब्याण्डविथको क्षमता चार गुणा बढी हुने कम्पनीले जानकारी दिएको छ। पोन नेटवर्क लेटेन्सीमा पनि जीपोन को तुलनामा सुधार हुनेछ।  


प्रकाशित : बुधबार, असार १५ २०७९११:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend