शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

महिन्द्राको बहुप्रतीक्षित एसयूभी, ‘अल-न्यू स्कर्पियो-एन’ सार्वजनिक

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार १३ २०७९
महिन्द्राको बहुप्रतीक्षित एसयूभी, ‘अल-न्यू स्कर्पियो-एन’ सार्वजनिक

एसयूभी सेग्मेन्टको अग्रणी महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले नेपालमा बहुप्रतीक्षित एसयूभी, ‘अल-न्यू स्कर्पियो-एन’ सार्वजनिक गरेको हो। कार्यदक्षता, प्रविधि, क्षमता र नवीन आविष्कार (इनोभेसन) को संयोजन रहेको अल-न्यू स्कर्पियो-एनको प्रमुख विशेषता रहेको छ। 

काठमाडौं- एसयूभी सेग्मेन्टको अग्रणी महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले नेपालमा बहुप्रतीक्षित एसयूभी, ‘अल-न्यू स्कर्पियो-एन' सार्वजनिक गरेको छ। कार्यदक्षता, प्रविधि, क्षमता र नवीन आविष्कार (इनोभेसन) को संयोजन रहेको अल-न्यू स्कर्पियो-एनको प्रमुख विशेषता रहेको छ। 

अल-न्यू स्कर्पियो-एनलाई यसको प्रभावशाली उपस्थिति, हेड-टर्निङ डिजाइन, कमाण्डिङ ड्राइभिङ पोजिसन र राम्रोसँग सजावट गरिएको भित्री साजसज्जासहित पुनर्परिभाषित गरि डी-सेगमेन्ट एसयूभी श्रेणीमा डिजाइन गरिएको छ। यसबाहेक आफ्नो प्रामाणिक एसयूभी प्रतिज्ञा पूरा गर्दै, यसले रोमाञ्चक ड्राइभिङ अनुभवको लागि उच्च प्रदर्शन र साहसिक क्षमताहरू प्रदान गर्दछ।

scropio.jpeg

अल-न्यू स्पर्पियो-एनको सुरवातले महिन्द्राको नयाँ भिजुअल आइडेन्टीको अनावरणलाई संकेत गर्दछ, कम्पनीको एसयूभी पोर्टफोलियोलाई फरक तुल्याउनका नयाँ लोगो राखिएको छ। ‘ट्विन पिक’ लोगोका खास विशेषता- यसले त्यो साहसिक नयाँ दिशाको प्रतिनिधित्व गर्दछ जसलाई महिन्द्राले नयाँ युगका उत्पादनहरूबाट आरम्भ गरेको छ। जुन नयाँ युगको स्वामित्व अनुभव प्रदान गर्न डिजाइन गरिएको हो। 

scropio2.jpeg

इटालीको पिनिनफरिना र महिन्द्रा इन्डिया डिजाइन स्टुडियो (एमआईडीएस), मुम्बई मा डिजाइन गरिएको र अमेरिकामा रहेको महिन्द्रा नर्थ अमेरिकन टेक्निकल सेन्टर(एमआरभी) र चेन्नईमा विशेषज्ञ टिमहरूद्वारा इन्जिनियरिङ गरिएको एवं पुणेको अत्याधुनिक विश्वस्तरीय सुविधामा निर्मित अल न्यू स्कपिर्यो एन साँच्चिकै एक वैश्विक उत्पादन भएको दावी कम्पनीको छ।

कार्यक्रममा बोल्दै अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले अग्नि मोटर्सले महिन्द्रासँग तीन दशकभन्दा लामो समयदेखि सहकार्य कामय भएको र स्कर्पियोको नयाँ अवतारका साथ ग्राहकहरूलाई खुसी पार्न तत्पर रहेको बताए। 

ठूलो, बलवान, शक्तिशाली, अत्याधुनिक सुरक्षा र प्रविधिले भरिएको, द स्कर्पियो-एन नामकरणलाई यो तथ्यलाई प्रतिनिधित्व गर्नको लागि ध्यानपूर्वक छनोट गरिएको थियो कि यसले खेलला एनको शक्तिसम्म पुर्याउँछ। नयाँ युगको प्रामाणिक एसयूभी खोज्नेहरूका लागि नयाँ द स्कर्पियो-एनलाई इञ्जिनियरिङ गरिएको छ।

scropio1.jpeg

नयाँ तेस्रो पिढीको बडी-अन-फ्रेम प्लेटफर्ममा निर्माण गरिएको द स्कर्पियो-एनले अग्रणी वर्ग-(क्लास लिडिङ) संरचनात्मक कठोरता, अफ-रोड क्षमता र उदाहरणीय अन-रोड व्यवहारको गर्व गर्दछ। द स्कर्पियो-एन एक, जसमा १४९.१४ किलोवाट (२०० पीएस) शक्ति र ३८० एनएम टेर्क उत्पादन क्षमताको टीजीडीआई एमस्टालियन (पेट्रोल) इन्जिनद्वारा सञ्चालित छ र १२८.६ किलोवाट (१७५ पीएस) शक्ति र ४०० एनएम टकको एमहक (डीजल) इन्जिनयुक्त पनि छ, दुवै म्यानुअल र अटोमेटिक ६ स्पिड ट्रान्समिसन र फोरव्हील ड्राइभ (४/४) विकल्पसहित छ।


प्रकाशित : सोमबार, असार १३ २०७९१४:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend