शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

ताइवानी जेभी कम्पनी फक्सट्रोनले भारतमा विद्युतीय कार बनाउने

बिहीबार , असार ९ २०७९
ताइवानी जेभी कम्पनी फक्सट्रोनले भारतमा विद्युतीय कार बनाउने

फक्सट्रोनले भारतसँगै दक्षिण एसियाली बजारलाई लक्षित गर्दै भारतमा विद्युतीय कार उत्पादन गर्ने तयारी गरेको हो।

काठमाडौं- ताइवानी विद्युतीय उपकरण उत्पादक कम्पनी फक्सकनले २०२० मा युलोन समूहसँग साझेदारी गर्‍यो। दुई कम्पनीको साझेदारीमा नयाँ कम्पनी स्थापना भयो फक्सट्रोन। यो कम्पनीले विद्युतीय कार उत्पादन गर्ने निर्णय गरिसकको छ। 

सोहीअनुसार फक्सट्रोनले तीन वटा विद्युतीय कन्सेप्ट कारसमेत सार्वजनिक गरिसकेको छ। पछिल्लो जानकारीअनुसार फक्सट्रोनले भारतमा समेत विद्युतीय कार उत्पादन गर्ने भएको छ। 

फक्सट्रोनले भारतसँगै दक्षिण एसियाली बजारलाई लक्षित गर्दै भारतमा विद्युतीय कार उत्पादन गर्ने तयारी गरेको हो। भारतका साथै फक्सट्रोनले भियतनाम र इन्डोनेसियामा समेत प्लान्ट स्थापना गर्ने योजना अघि सारेको छ। 

भारतीय बजारमा विद्युतीय सामाग्री बिक्री गर्ने गरि फक्सट्रोनको माउ कम्पनी फक्सकोन भारत एफआईएचमार्फत यसअघि नै प्रवेश गरिसकेको छ। भारत एफआईएचले भारतमा एप्पल, साओमीलगायत कम्पनीका स्मार्टफोन समेत उत्पादन गर्दै आएको छ। 

भारतमा विद्युतीय कार उत्पादन गर्नेतर्फ पुराना कार उत्पादकका साथै नयाँ नयाँ कम्पनीहरु समेत आइरहेका छन्। त्यस्तै मध्येको एक कम्पनी फक्सट्रोन हो। भारतले विद्युतीय सवारी उत्पादनलाई प्राथमिकता दिने नीति लिएकाले फक्सट्रोन भारत जाने तयारीमा रहेको हो।

भारतमा टेस्लाले समेत आउने ठूलो चाहना राखेको छ। तर भारत सरकारले आयातित विद्युतीय कारमा कर घटाउन पर्ने सर्त पहिलो कार्यान्वयन हुनुपर्ने अडानमा टेस्ला र यसका सीईओ एलन मस्क छन्। भारतले त्यसरी कर कम नगर्ने बताएकाले टेस्लाले भारत आउने योजनालाई ‘होल्ड’मा राखेको छ। 

भारतीय कार उत्पादकहरु टाटा, महिन्द्रा, टीभीएस, बजाजलगायत कम्पनीले विद्युतीय सवारी उत्पादन गरिरहेका र त्यसलाई विस्तार गर्ने कार्यलाई तीब्र पारेका छन्। 


प्रकाशित : बिहीबार , असार ९ २०७९१०:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend