शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

१४ वर्षपछि प्रत्येक २ मा एउटा विद्युतीय सवारी

शुक्रबार, असार १० २०७९
१४ वर्षपछि प्रत्येक २ मा एउटा विद्युतीय सवारी

भविष्य राम्रो भएपनि ईभीले अहिले थुप्रै चुनौतीको सामना गरिरहेको छ। विशेषगरी आईसीईबाट ईभीमा जाँदा आपूर्ति श्रृखलादेखि कच्चा पदार्थसम्मका चुनौति यो उद्योगले खेपिरहेको छ। 

काठमाडौं- सन् २०२१ मा एक सय सवारीसाधन बजारमा बिक्री हुँदा ८ वटा विद्युतीय थिए। यो आँकडा अहिले बढेर १० पुगेको छ। अटो मोबाइलको विश्व बजारमा विद्युतीय सवारीको हिस्सा प्रत्येक त्रैमासमा बढिरहेको छ। 

अहिलेको बढ्दो ट्रेन्ड अझै तीव्र हुने अध्ययनहरूबाट देखिएको छ। उद्योग तथा व्यापारको अध्ययन गर्ने संस्थाका अध्ययनले विद्युतीय सवारीको बिक्री अझै तीव्र हुने देखाएका छन्। 

हालैमात्र एउटा अनुसन्धान संस्थाले विद्युतीय सवारीको बजारका बारेमा प्रक्षेपण गरेको छ। अमेरिकी वित्तीय परामर्शदातृ संस्था एलेक्स पार्टर्नसले सन् २०३५ पछि बजारमा विद्युतीय सवारीको बहुमत प्रवेश हुने प्रक्षेपण गरेको छ। 

सन् २०३५ पछि बजारमा बिक्री भएका कुल सवारीसाधनमा ५४ प्रतिशत विद्युतीय साधन हुने उक्त संस्थाले बताएको छ। प्रत्येक पाँच वर्षमा यसको विस्तार दोबरभन्दा बढीले हुने उक्त संस्थाको प्रक्षेपण छ। सन्  २०२८ मा ३३ प्रतिशत हिस्सा लिनसक्ने यो सेगमेन्टले २०३५ पछि बहुमत हिस्सा लिने अनुमान गरिएको छ। 

बजारमा भविष्य देखिएको विद्युतीय सवारीमा स्थापित कम्पनीहरूले लगानी पनि बढाइरहेका छन्। विशेषगरी ब्याट्री प्रविधिमा लगानी बढ्ने देखिएको छ। आगामी पाँच वर्षमै ब्याट्री प्रविधिमा ५ खर्ब २६ अर्ब अमेरिकी डलर लगानी हुने अनुमान गरिएको छ। यो गएको पाँच वर्षमा भएकोभन्दा दोबर लगानी हुनेछ। 

भविष्य राम्रो भएपनि ईभीले अहिले थुप्रै चुनौतीको सामना गरिरहेको छ। विशेषगरी आईसीईबाट ईभीमा जाँदा आपूर्ति श्रृखलादेखि कच्चा पदार्थसम्मका चुनौति यो उद्योगले खेपिरहेको छ। 

उत्पादन लागतमै ईभीले ठूलो चुनौति खेपिरहेको छ। पहुँचयोग्य उत्पादन नहुँदा उपभोक्तामा प्रयोग अझै तीव्र हुन सकेको छैन। अहिले आईसीई सवारी उत्पादनको कच्चा पदार्थ लागतभन्दा ईभीको दोबर छ। प्रति सवारी इभीको लात ८ हजार २५५ डलर छ भने आईसीईको ३ हजार ६६२ डलर रहेको छ। 


प्रकाशित : शुक्रबार, असार १० २०७९०४:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend