शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्याे, बसपार्कमा बिहानैदेखि चहलपहल (तस्बिरसहित)

सोमबार, असोज ११ २०७८
दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्याे, बसपार्कमा बिहानैदेखि चहलपहल (तस्बिरसहित)

अघिल्लो वर्ष कोरोना भाइरसका कारण सार्वजनिक बसको टिकट बुकिङ खुलेको थिएन। यो वर्ष भने महामारीको प्रभाव कम हुँदै गएकाले काठमाडौंलगायत सहरी क्षेत्रमा बस्दै आएका यात्रुलाई दसैँमा घर जान सहज होस् भनेर टिकट बुकिङ खोलिएको हो। 

काठमाडौं- आजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ सुरु भएको छ। लामो दूरीका बसको अग्रिम टिकट बुकिङ खुला भएसंगै सोमबार बिहानैदेखि नयाँ बसपार्कमा टिकट बुक गर्नेहरुकाे भिड लागेको छ। 

अघिल्लो वर्ष कोरोना भाइरसका कारण सार्वजनिक बसको टिकट बुकिङ खुलेको थिएन। यो वर्ष भने महामारीको प्रभाव कम हुँदै गएकाले काठमाडौंलगायत सहरी क्षेत्रमा बस्दै आएका यात्रुलाई दसैँमा घर जान सहज होस् भनेर टिकट बुकिङ खोलिएको हो। 

नयाँ बसपार्क, कोटेश्वर, कलंकी, बल्खुलगायत यसअघि टिकट काटिँदै आएको स्थानबाट अग्रिम बुकिङ गर्न सकिने व्यवस्था गरिएको यातायात व्यवस्था विभागका निर्देशक तथा प्रवक्ता डा लोकनाथ भुसालले बताए।

‘दसैँमा घर जानेहरुका लागि सहज होस् भनेर अग्रिम टिकट बुकिङ खुल्ला गरिएको हो,’ भुसालले भने, ‘अनलाइन टिकटको व्यवस्था गरेका कम्पनीको टिकट अनलाइनबाटै बुकिङ गर्न सकिने छ। नत्र भए भौतिक उपस्थितिमै टिकट बुक गर्नुपर्ने छ।’ 

पोखरा, लुम्बिनीलगायत गन्तव्यमा जाने बस कम्पनीहरुले अनलाइनबाटै टिकट बुकिङ गर्ने व्यवस्था गरेको उनले बताए। सबैलाई अनिवार्य अनलाइन बुकिङकै व्यवस्था नगरे पनि अनलाइन प्रणालीमा गएकाले गर्न सक्ने भुसालको भनाइ छ।

dasai 7.jpg

dasai 4.jpg

dasai 7.jpg

dasai 9.jpg

dasai 1.jpg

dasai 10.jpg

प्रकाशित : सोमबार, असोज ११ २०७८०१:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend