शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

नेपालको कफी अब अमेरिका र युरोपमा सिधा निर्यात

images
बुधबार, असार ८ २०७९
images
नेपालको कफी अब अमेरिका र युरोपमा सिधा निर्यात

जसको सहयोगले गुणस्तरीय कफीको लागि अमेरिका र युरोपको बाटो खुल्ने भएको हो।

images
images

काठमाडौं- नेपालको कफी सिधै युरोप र अमेरिका निर्याता गर्न सहज हुने भएको छ। कफीको उत्पादन र गुणस्तरसँगै बजार प्रवर्द्धनमासमेत युरोयिन युनियनले सहयोग गर्ने भएको छ। जसको सहयोगले गुणस्तरीय कफीको लागि अमेरिका र युरोपको बाटो खुल्ने भएको हो। इयुकै सहयोगमा वैदेशिक व्यापारलाई सहज बनाउनका लागि सरकारले कफी गाइड, क्वालिटी फर ट्रेड प्लेटफर्म र मार्केट एक्सेस म्याप पोर्टलको उद्घाटन गरेको छ।

images
images
images

अन्तर्राष्ट्रिय व्यापार केन्द्र र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको संयुक्त सहकार्यमा उक्त पोर्टल सञ्चालनमा ल्याएको हो। जहाँ कुन गुणस्तरको कफी कुन देशमा निर्यात गर्ने देखि मार्केट एक्सीस समेत सोही पोर्टल मार्फत सहज हुने भएको छ। पोर्टलको उद्योगमन्त्रालयका सचिव गणेश पाण्डे र ईयु नेपाल ट्रेड र इन्भेष्टमेन्ट प्रोग्राम नेपालका लागि राजदूत नोना डेप्रेजले उद्घाटन गरेका हुन्। 

images
images

सचिव पाण्डेले वैदेशिक व्यापारलाई सहजीकरण गर्नका लागि नयाँ इँटा थपिएको बताए। पाण्डेले सरकार निर्यातका लागि सबैसँग सहकार्य गर्न तयार रहेको समेत बताए। उनकाअनुसार कफी गाइडलगायत पोर्टलले व्यापारमा थप सहज बनाउनेछ। ‘नेपालको कफी अन्तर्राष्ट्रिय बजारमा उच्च छ तर सो अनुसार निर्यात हुन सकेको छैन,’ उनले भने, ‘यी पोर्टलले कफी निर्यातमा सहज बनाउने छ,’ उनले भने। 

images
images

यसले प्रयोगकर्तालाई आयात तथा निर्यातका भन्सार दरबन्दी, भन्सार दरमा कोटा, व्यापारमा प्रतिकार गर्ने नीति तथा व्यापार सम्झौताहरूको सूचनाको पहुँच गर्न, तुलना गर्न, विश्लेषण गर्न तथा डाउनलोड गर्नका लागि उपयोग हुने अपेक्षा गरिएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरद बिक्रम राणाले बताए।  

पोर्टलमा थप गरिएको मार्केट एक्सेस म्यापको यो सुविधाले नेपाली उद्योगी, व्यापार, निर्यातकर्तलाई व्यापारसँग आवद्ध निर्णयहरू गर्नका लागि जटिल तथ्याङ्क पुनः प्राप्ति गर्ने एकद्वार सूचना केन्द्रको रूपमा काम गर्ने समेत राणाले बताए। 

म्यापबाट वस्तुको माग कस्तो छ, कुन देशमा कस्तो उत्पादन हुन्छ, कुन देशले बढी निर्यात गर्छ भन्ने सम्पूर्ण विवरण देखाउनेछ। साथै, नन् ट्यारिफ प्रावधानहरू तथा व्यापार प्रवाहको विस्तृत विवरण डाउनलोड गर्न सक्नेछन्। त्यतिमात्रै नभएर कुन वस्तु कसरी निर्यात गर्दै आएका छन्, कसले के सुविधा पाएको छ भन्नेबारे पनि थाहा पाउन सक्नेछन्।

कार्यक्रममा बोल्दै नेपाल स्थित इयुकी राजदूत नोना डेप्रेजले नेपालको कफी गुणस्तको भएकोले युरोपको बजारले स्वागत गर्ने बताइन्। ‘नेपालको बजार युरोपमा विस्तार गर्नका लागिनै इयुले प्राविधिक सहयोग गरेको हो,’ डेप्रेजले भनिन्। 


प्रकाशित : बुधबार, असार ८ २०७९१३:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend