शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

मर्यादा भुल्दै धितोपत्रका अध्यक्ष, राष्ट्र बैंकको क्षेत्राधिकारको ख्याल गरेनन्

images
बुधबार, असार ८ २०७९
images
मर्यादा भुल्दै धितोपत्रका अध्यक्ष, राष्ट्र बैंकको क्षेत्राधिकारको ख्याल गरेनन्

हमाल धितोपत्र बोर्डका अध्यक्ष हुन्। धितोपत्र स्टक मार्केटको नियामक हो। तर बोर्डका अध्यक्ष हमालले वित्तीय नियामक नेपाल राष्ट्र बैंकको क्षेत्राधिकार विषयमा आफ्नो धारणा दिएका छन्। 

images
images

काठमाडौं- नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले ४/१२ को विषय परिमार्जन गर्ने वा अहिले केही सहजीकरण गर्न सकिन्छ कि भन्नेमा केही हप्ताभित्रै निर्णय गर्ने बताएका छन्। 

images
images
images

मौद्रिक नीतिमा लगानीकर्ताको मागलाई सम्बोधन गर्नेगरी बनेको कार्यदलको अध्ययन सकिएको र त्यसको प्रतिवेदनलाई लिएर राष्ट्र बैंक र अर्थ मन्त्रालयसँग छलफल गरी निर्णय गर्ने हमालले बताएका छन्। नेपालमा सेयर बजार घट्नुमा ४/१२ को विषय पनि कारण रहेको भन्दै यसलाई कसरी घटाउने भन्नेमा छिट्टै मौद्रिक नीतिमार्फत केही गर्न सकिने हमालले बताए।

images
images

हमालले सेयर बजार नेपाल राष्ट्र बैंकको मौद्रिक नीति नै प्रमुख कारक रहेकाले यसलाई सम्बोधन गरिने बताएका छन्। तर चालु वर्षको मौद्रिक नीतिकै अवधिमा सेयर बजारले ऐतिहासिक बिन्दु छोएको थियो। 

images
images

हमाल धितोपत्र बोर्डका अध्यक्ष हुन्। धितोपत्र स्टक मार्केटको नियामक हो। तर बोर्डका अध्यक्ष हमालले वित्तीय नियामक नेपाल राष्ट्र बैंकको क्षेत्राधिकार विषयमा आफ्नो धारणा दिएका छन्। 

नेपाल राष्ट्र बैंकले वित्तीय स्रोतको परिचालन योजना अनुसार नीति बनाउँछ। वर्षेनी मौद्रिक नीति मार्फत् केन्द्रीय बैंकले आफ्ना नीति ल्याउँछ। चालु वर्षको नीतिमा ४/१२ को नीति भनेको पनि त्यही हो। सेयर धितोमा राखेर व्यक्तिले ४ करोडसम्म ऋण लिन पाउने र संस्थाले १२ करोडसम्म मात्र ऋण लिन पाउने व्यवस्था गरिएको थियो। 

यो नीति आएपछि सेयर बजारमा प्रतिकूल प्रभाव परेको कतिपय सेयर लगानीकर्ताहरूले बताउँदै आएका छन्। दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताहरूले राष्ट्र बैंकको उक्त नीति संसोधन गर्न माग गर्दै आएका छन्। उनीहरुले आन्दोलन पनि गर्दै आएका छन्। धितोपत्रलाई केन्द्रित गर्दै उनीहरुले आन्दोलन गरे पनि बोर्ड अध्यक्ष हमालले भने राष्ट्र बैंककै नीतिका बारेमा बोल्दै हिडेका छन्। 

धितोपत्रले राष्ट्र बैंकको  नीतिको ठेक्का लिएर बोल्नु आफैमा क्षेत्राधिकार बाहिर हो। 

नेपाल राष्ट्र बैंकले वित्तीय सन्तुलनलाई ख्याल गर्दै आफ्ना नीति ल्याउने भएकाले त्यसका बारेमा जस्तो निर्णय लिनुपर्दा पनि राष्ट्र बैंक आफैले लिनुपर्छ। यस्तो नीति बनाउन राष्ट्र बैंक स्वतन्त्र हुनुपर्ने नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा चिरञ्जिवी नेपाल बताउँछन्। 

'राष्ट्र बैंकले वित्तीय स्रोत परिचालनका नीति बनाउँदा स्वतन्त्र वातावरण बनाउनुपर्छ। त्यस्तो वातावरण पाउनुपर्छ' नेपालले भने। 


प्रकाशित : बुधबार, असार ८ २०७९०४:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend