शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

यी हुन् काठमाडौंका ४२ स्थान, जहाँ व्यवसायीहरूले उपलब्ध गराएका छन् निःशुल्क सार्वजनिक शौचालय

images
मंगलबार, असार ७ २०७९
images
यी हुन् काठमाडौंका ४२ स्थान, जहाँ व्यवसायीहरूले उपलब्ध गराएका छन् निःशुल्क सार्वजनिक शौचालय

३३ संस्थाका ४२ वटा सार्वजनिक शौचालय सार्वजनिक प्रयोगका लागि उपलब्ध हुनेछ।

images
images

काठमाडौं- आफूसँग भएका शौचालयलाई सार्वजनिक उपयोगमा दिन इच्छा देखाएका ३३ वटा व्यवसायिक संस्थासँग काठमाडौं महानगरपालिकाले सम्झौता गरेको छ। जसमा ३३ संस्थाका ४२ वटा सार्वजनिक शौचालय सार्वजनिक प्रयोगका लागि उपलब्ध हुनेछ।

images
images
images

बैंक, रेष्टुरेन्ट, स्कूल, प्रकाशन गृह, विजनेस कम्प्लेक्ससहित ३२ वटा संघसंस्थाका प्रतिनिधिहरुसँग सोमबार सम्झौता भएको हो। यसअघि नै नबिल बैंकसँग सम्झौता भइसकेको थियो। 

images
images

सम्झौता आउँदो ५ वर्षका लागि भएको महानगरले जनाएको छ। यस अवधिमा संघसंस्थाले आफूसँग भएका शौचालयलाई सार्वजनिक प्रयोगका लागि उपलब्ध गराउनेछन्। महानगरका अनुसार यसरी उपलब्ध गराइएका शौचालयको मर्मत सम्भार गर्ने, सरसफाइ गर्न आवश्यक सामग्री तथा पानी, सुगन्धका सामान व्यवस्था गर्ने जिम्मा उनीहरुकै हुनेछ। यसबापत सेवाग्राहीलाई आफ्नो सेवा लिन करकाप वा प्रोत्साहन नगर्ने महानगरले जनाएको छ। 

images
images

यसरी सञ्चालन भएका शौचालयको अवस्था अनुगमन तथा मुल्याङ्कन गर्न दुवै पक्षबाट १/१ जना प्रतिनिधि तोक्नेछ। उनीहरुले हरेक ४ महिनामा प्रतिवेदन दिनेछन्। 
 
महानगर क्षेत्रभित्रका होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, कम्पनी, फर्म, गैर सरकारी संघ संस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकहरुलाई महानगरको सार्वजनिक निजी साझेदारी एकाईमा सम्पर्क राख्न सार्वजनिक आव्हान गरेको थियो। 

महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको रोहवरमा भएको सम्झौतामा महानगरकातर्फबाट निर्देशक नुरनिधि न्यौपानेले हस्ताक्षर गरेका छन्। यस्तै दोस्रो पक्षकातर्फबाट विभिन्न संस्थाका प्रतिनिधिहरुले हस्ताक्षर गरेका थिए। 

सम्झौता गरिएका संघ संस्थाहरू 

१)    टायम्स स्क्वायर, लङ् एण्ड बार, बालुवाटार 

२)    पशुपति भ्यु होटल एण्ड रेष्टुरेन्ट, बालकुमारी टोल

३)    डेन्टल भिल्ला, वडा नं. १४, बल्खु 

४) देवयानी इन्टरनेशनल नेपाल प्रा. लि. अन्तर्गत 
     पिजा हट, वडा नं. १ दरबारमार्ग 
    ५)    केएफसी,  वडा नं. १ दरबारमार्ग 
    ६)    केएफसी,  वडा नं. ६ बौद्ध

७)    डाक गल्वी कोरियन हाउस, ल्याकसु गल्ली, बसन्तपुर

८)    होटल रत्नज्योती, पेरिसडाँडा

९)    नेक्सस ग्लोबल भिसा एण्ड इमिग्रेसन प्रा. लि, शंखमुल

१०)    खानेकुरा प्रा. लि., गौशाला

११)    सांग्रिला डिभलपमेन्ट बैंक, बालुवाटार

१२)    बेबिलोन नेशनल स्कूल, शान्तिनगर

१३)    ओटिसी किचेन रेष्टुरेन्ट, बालुवाटार

१४)    नेपालय पब्लिकेसन, डिल्लीबजार

१५)    बसुन्धरा एण्ड गोङ्गबु एरिया रेष्टुरेन्ट, बसुन्धरा

१६)    गोमा लक्ष्मी इन्टरनेशनल, ठमेल

१७)    घराना लञ्च एण्ड बार, बानेश्वर

१८)    कामना सेवा विकास बैंक- कुलेश्वर,

१९) कामना सेवा विकास बैंक-बौद्ध,

२०) कामना सेवा विकास बैंक- ठमेल,

२१) कामना सेवा विकास बैंक- ज्ञानेश्वर,

 २२) कामना सेवा विकास बैंक-कलंकी,

 २३) कामना सेवा विकास बैंक- भीमसेनगोला,

 २४) कामना सेवा विकास बैंक-नयाँ बानेश्वर,

२५)  कामना सेवा विकास बैंक- न्युरोड

२६)    सिटी एक्सप्रेस मनी ट्रान्सफर, कमलादी

२७)    नेम इन्स्टिच्युट फर मेडिकल एजुकेसन प्रा. लि., पुतलीसडक 

२८)    आरडीएक्स बार प्रा. लि. ठमेल

२९)    नेपालगञ्ज विरयानी, डिल्लीबजार पिपलबोट 

३०)    कार्निभल रेष्ट्रो एण्ड मिटिङ्, बिजुलीबजार 

३१)    बार्दली रेष्ट्रो एण्ड मिटिङ्, शंखमुल

३२)    नेशनल विजनेस ट्रेड सेन्टर, कलंकी

३३)    सांग्रिला डिपलपमेन्ट बैंक, बालुवाटार

३४)    बिन्का लङ्, छाउनी

३५)    प्रोग्रेसियो विस्ट्रो पिबीज रेष्टुरेन्ट, बौद्ध   

३६)    मिलाल्याण्ड डिभलपमेन्ट प्रा. लि., कलंकी 

३७)    क्रिम्पजी एडभान्चर हव, बौद्ध

३८)    बर्गर हब एण्ड केसीए चिकेन, बिजुलीबजार 

३९)    अनुपम फुडल्याण्ड, बत्तीसपुतली

४०)    रिट्रिप क्याफे, बौद्ध

४१)    चिकेन स्टेशन

४२)    स्तुपा हब, बौद्ध 


प्रकाशित : मंगलबार, असार ७ २०७९११:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend