शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

'विमानस्थलमै हेलिकप्टर र जहाज ठोकिने अवस्था आएपछि काठमाडौं बाहिर पठाइयो'

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार ७ २०७९
images
'विमानस्थलमै हेलिकप्टर र जहाज ठोकिने अवस्था आएपछि काठमाडौं बाहिर पठाइयो'

विमानस्थलमै दुर्घटना हुने अवस्था आएकाे विमानस्थलले निर्णय गरेकाे समेत ठाकुरले बताए।

images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षालाई ध्यानमा राखेर आफ्नै आधार क्षेत्रमा पार्किङ गर्न उडान गर्ने निर्णय गरेकाे प्रष्ट पारेकाे छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जहाँ जहाँ बेस र पूर्वाधार भएका ठाउँबाट उडान गर्ने प्राधिकरणले निर्णय गरेकाे बताए।

images
images
images

८ गतेबाट हेलिकोप्टर र १३ गतेबाट जहाज कम्पनीहरूले रात्रिकालीन पार्किङ बेस विमानस्थलमा गर्न निर्देशन दिएकाे बताए। 

images
images

'विमानस्थलका अनुसार हेलिकप्टरकाे ३८ मध्ये २१ काठमाडौं र बाँकी १७ बाहिर राख्नु पर्नेछ। याे विषय अब कार्यन्वयनकाे विकल्प छैन,` ठाकुरले भने। अहिलेकाे उडानकाे चाप बढेकाेले बाहिर पठाउन लागिएकाे दाबी समेत बताए। 

images
images

विमानस्थलमै दुर्घटना हुने अवस्था आएकाे विमानस्थलले निर्णय गरेकाे समेत ठाकुरले बताए।

११ कम्पनीका ३८ हेलिकोप्टर संचालनमा रहेका छन्। जहाज ९ वटा कम्पनीसँग ५२ वटा छन्। १७ वटा मात्रै राखेर ३५ वटा विमानबाहिर राख्नु पर्नेछ। काठमाडौंबाहिर ६६ प्रतिशत बाहिर लानुपर्ने भएकाेले बाहिरकाे पार्किङसमेत हेरेर निर्णय गरेकाे समेत प्राधिकरणले जानकारी दिएकाे छ।

काठमाडौं बाहिर भने अदलबदल गर्न दिने र १० वटा विमानस्थलमा रात्रि विश्रामकाे व्यवस्था गरिएकाे समेत जानकारी दिएकाे छ। सुरक्षा र लाइटका कुरा नभए वातावरणीय वयवस्था गर्नेसमेत प्राधिकरणले जानकारी दिएकाे छ।


प्रकाशित : मंगलबार, असार ७ २०७९०९:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend