शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

टाटा मोटर्सले भारतमा २५ हजार भारुसम्म बढायो कारको मूल्य, नेक्सन ईभीको मूल्य पनि बढ्ने 

मंगलबार, असार ७ २०७९
टाटा मोटर्सले भारतमा २५ हजार भारुसम्म बढायो कारको मूल्य, नेक्सन ईभीको मूल्य पनि बढ्ने 

कम्पनीले यसभन्दा अघि गत जनवरीमा समेत गाडीको मूल्य ०.९ प्रतिशतसम्मले बढाएको थियो। यसर्थ, सन् २०२२ मा टाटा मोटर्सका उत्पादनको मूल्य बढेको यो दोस्रो पटक हो।

काठमाडौं- भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले आफ्नो उत्पादनहरूको मूल्य बढाएको छ। कम्पनीले प्यासेन्जर गाडीहरूको मूल्य वृद्धि गरेको घोषणा गरेको हो।

हाल बजारमा सवारी साधन निर्माण एवम् उत्पादनलाई आवश्यक कच्चा सामग्री, वस्तुहरू, सेमिकन्डक्टर, स्टिल, आल्मुनियम र अन्य धातुहरूको मूल्य बढ्दो छ। सोही कारण सावरी साधन निर्माणको खर्च पनि बढ्छ। त्यसैले कम्पनीका अनुसार सवारी साधन बिक्री मूल्य समेत बढाउनुपर्ने आवश्यकता परेको जिकिर गरेको छ। 

टाटा मोटर्सले भारतीय बजारमा गत अप्रिल २३ देखि लागु हुनेगरी आफ्नो गाडीहरूको बिक्री मूल्य बढाएको छ। त्यसमध्ये प्यासेन्जर भेहिकल (गाडी)को मूल्य मोडल र भेरियन्टअनुसार १.१ प्रतिशतसम्म बढाएको छ।

कम्पनीले यसभन्दा अघि गत जनवरीमा समेत गाडीको मूल्य ०.९ प्रतिशतसम्मले बढाएको थियो। यसर्थ, सन् २०२२ मा टाटा मोटर्सका उत्पादनको मूल्य बढेको यो दोस्रो पटक हो।

टाटा मोटर्सले यसपटक नेक्सन ईभीको मूल्य भने २५ हजार भारुले बढाएको छ। भारतीय बजारमा टाटा मोटर्सको उत्पादनमध्ये टियागो, पन्च र ह्यारिअर लोकप्रिय छन्।

नेपालमा भने टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टाटाको प्यासेन्जर कार टियागो, टिगोर, अल्ट्रोज, नेक्सन, एच-५, सफारी, नेक्सन ईभी र टिगोर ईभी उपलब्ध छ। यी गाडीहरूको माग बजारमा राम्रो रहेको कम्पनीले जनाएको छ। 

भारतीय बजारमा गाडीको मूल्य बढेसँगै नेपालमा पनि गाडीको मूल्य बढ्ने अनुमान गरिएको छ। यसबाहेक कम्पनी नेपाली बजारको लागि नयाँ नेक्सन ईभी विशेष संस्करण (स्पेसल एडिसन) सार्वजनिक गर्ने तयारीमा छ। यो नयाँ विद्युतीय नेक्सनको बाहिरी र आन्तरिक डिजाइन पनि परिवर्तन र पृथक हुने बताइएको छ।


प्रकाशित : मंगलबार, असार ७ २०७९०९:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend