शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

‘मूल्यवृद्धिले जनताको ढाड सेक्यो’

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार ६ २०७९
images
‘मूल्यवृद्धिले जनताको ढाड सेक्यो’

सामान्यरुपमा इन्धनको मूल्यवृद्धि भएको देखिए पनि यसले बजारमा चरम महँगी बढाउने काम गरेको।

images
images

काठमाडौं- नेपाल आयल निगमले आइतबार रातिदेखि इन्धनमा चरम मूल्यवृद्धि गरेको भन्दै प्रतिनिधिसभाको सोमबारको बैठकमा सां‌सदहरूले आपत्ति प्रकट गरेका छन्। पछिल्लो एक महिनामा मात्रै चारपटक मूल्यवृद्धि भएको छ। आइतबारको मूल्यवृद्धिपछि पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ पुगेको छ।

images
images
images

बैठक सुरु भएलगत्तै नेकपा(एमाले)की सांसद पद्मा अर्यालले नागरिकको ढाड सेक्नेगरी मूल्यवृद्धि गरिएको बताइन्। उनले पेट्रोलपम्पमा स्टक राखेर मूल्यवृद्धि गरिँदा ठूलो आर्थिक लाभ हासिल भएको आरोप लगाइन्।

images
images

हेर्दा सामान्यरुपमा इन्धनको मूल्यवृद्धि भएको देखिए पनि यसले बजारमा चरम महँगी बढाउने भन्दै जनता निरास बनाउने काम गरिएको उनको भनाइ थियो। छोटोछोटो समयमा मूल्यवृद्धि गरेर नागरिकको दैनिक जनजीवन प्रभावित भएको उनले बताइन्।

images
images

उनले मूल्यवृद्धिका सम्बन्धमा सरकारको तर्फबाट उचित जवाफ नआउँदासम्म सदनको कारवाही अगाडि बढ्न नसक्ने जिकिर गरिन्। सांसद अर्यालको उक्त मागपछि सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो ध्यानाकर्षण भएको भन्दै सरकारलाई उचित जवाफ दिन निर्देशन दिए।

यस्तै सांसद अर्यालले इम्बोस्ड नम्बर प्लेट जडानमा समेत आर्थिक अनियमितता गरिएको आरोप लगाइन्। रासस


प्रकाशित : सोमबार, असार ६ २०७९०८:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend