शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

नाडा अटो शो २०२२ को स्टल बुकिङमा उल्लेख्य सहभागिता

शुक्रबार, असार ३ २०७९
नाडा अटो शो २०२२ को स्टल बुकिङमा उल्लेख्य सहभागिता

विगतका संस्करणहरुभन्दा पृथक यस वर्ष कमर्सियल भेहिकलहरुको सहभागिता रहनुका साथै विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने उदेश्यले छुट्टै दुई पांग्रे इलेक्ट्रिक पेभिलियनसमेत राखिएने छ।

काठमाडाैं- नाडा अटोमोवाइल्स एशोशियसन अफ नेपालद्वारा आगामी भदौ ७ देखि १२ गतेसम्म आयोजना गरिने 'नाडा अटो शो २०२२'को गत हप्ता खुला गरिएको स्टल बुकिङका लागि रजिष्ट्रेशनमा उल्लेखिय सहभागिता रहेको आयोजकले जानकारी गराएको छ। 

चार दिनका लागि खुला गरिएको रजिष्ट्रेशनमा दुई दिनमै सम्पूर्ण सम्भावित सहभागि कम्पनीहरुको दर्ता भइसकेका थिए। बिहीबार असार २ गते गरिएको गोला प्रथा अन्तर्गत सबै कम्पनीहरुको प्रतिनिधि, प्रदर्शनी व्यवस्थापन कम्पनी ग्लेबल एक्स्पोजिशनका प्रतिनिधि, नाडा कार्य समिति पदाधिकारी सदस्य एवं नाडा अटो शो कमिटीका सदस्यहरुको उपस्थितिमा सहभागी कम्पनीहरुलाई स्टलको छनोट एवं बाँडफाँट गरिएको हो।

विगतका संस्करणहरुभन्दा पृथक यस वर्ष कमर्सियल भेहिकलहरुको सहभागिता रहनुका साथै विद्युतीय सवारी
साधनलाई प्रोत्साहन गर्ने उदेश्यले छुट्टै दुई पांग्रे इलेक्ट्रिक पेभिलियनसमेत राखिएने छ। कोभिड महामारीका
कारण दुई वर्षपछि आयोजना गर्न लागिएको उक्त प्रदर्शनीमा अटो व्यासायीहरुको भव्य सहभागिताले आयोजक
नाडा प्रोत्साहित हुनुका साथै सुस्ताई रहेको अटोव्यवसाय चलायमान हुनेमा पनि आयोजक विश्वस्त रहेको छ।

नाडा अटो शो समितिका सभापति अनुपकुमार बरालका अनुसार अटो व्यवसायीहरुको प्रोत्साहन, बजार सर्वेक्षण एवं नयाँ ब्राण्डहरुको प्रक्षेपणकालागि समेत नाडा अटो शो अपरिहार्य रहेको छ। अटोमोबाइल क्षेत्रमा भइरहेका नवप्रवर्तन, आविष्कार, भविष्यका सवारी साधनका परिकल्पना, इन्जिनियरिङ, म्यानुफ्याक्चरिङ
कम्पनीहरुका विज्ञ एवं जानकारहरुसँगको छलफल तथा अन्तक्रिया समेटिएको संगोष्ठी यस वर्षको विशेष आकर्षण हुने पनी सभापति बरालको भनाइ रहेको छ।


प्रकाशित : शुक्रबार, असार ३ २०७९१३:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend