शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

कारदेखि जहाजसम्म सम्भव देखियो, अर्मीले प्रयोग गर्ने ट्यांक विद्युतीय हुन सम्भव छ?

images
शनिबार, असार ४ २०७९
images
कारदेखि जहाजसम्म सम्भव देखियो, अर्मीले प्रयोग गर्ने ट्यांक विद्युतीय हुन सम्भव छ?

सहज रुपमा उपलब्ध जीवास्म इन्धनको प्रयोगबाट बनेका शक्तिशाली ट्यांक जस्तै विद्युतीय ट्यांक बन्यो भने त्यो सम्भावना छ।

images
images

काठमाठौं- वातावरण जोगाउन विश्वमा शून्य प्रदूषणमा ठूलो लगानी भइरहेको छ। यसमध्ये सबैको प्राथमिकतामा सवारीसाधन परेका छन्। संसारको मोबिलिटी नै यातायातका साधनमा छन्। जल, हवाई र स्थल यातायातमा प्रयोग हुने साधनमा जीवास्म इन्धनको विकल्प प्रयोग तथा खोजी भइ नै रहेको छ। 

images
images
images

सर्वाधिक इन्धन खपत गर्ने स्थल यातायातका साधनलाई विद्युतीयले विस्थापन गर्ने गरि विश्वले नै काम गरिरहेको छ। यसमा धेरैहजसम्म सफलता प्राप्त भइसकेको छ भने विस्तारलाई विश्वका सबैजसो देशले अंगिकार गरिरहेका छन्। 

images
images

समुद्र तथा आकाशमा उड्ने जहाजसमेत विद्युतीय हुन सक्ने देखिएको छ। यसमा विभिन्न कम्पनीहरुले गरेको अनुसन्धानले सम्भव देखिएको छ र त्यसलाई लामोसमय चल्न सक्ने, धेरै यात्रु बोक्न सक्ने र ठूलो संख्यामा उत्पादन गर्ने बारे थप अध्ययन, परीक्षण तथा अनुसन्धान जारी छ। आउने दिनहरुमा प्रविधिको सहयोगले यसको सफलताको नतिजा विश्वले पाउने नै छ। 

images
images

तर आर्मीहरुले प्रयोग गर्ने ट्यांक विद्युतीय हुन सम्भव छ? यो प्राविधिक रुपमा असम्भव छ, अव्यवहारिक छ वा सम्भव छ? सहज रुपमा उपलब्ध जीवास्म इन्धनको प्रयोगबाट बनेका शक्तिशाली ट्यांक जस्तै विद्युतीय ट्यांक बन्यो भने त्यो सम्भावना छ। एक लिटर इन्धनले एक किलोमिटर ट्यांक चल्ने विषयभन्दा महत्वपूर्ण कुरा भविष्यका लागि विश्वको पर्यावरण जोगाउने विषय महत्वपूर्ण हुने बारेमासमेत बहस चलेको छ। त्यसैले अहिलेको जस्तो ट्यांक तत्कालै नबनेपनि यसको विकल्प नरहेको भन्ने कुरा भने विज्ञहरु मान्न तयार छैनन्। 

अहिले आर्मीहरुले प्रयोग गर्ने ट्यांकलाई हाइब्रिड प्रविधिको प्रयोग गरेर वातावरणमैत्री बनाउन सकिने कुरा विज्ञहरुले अघि सारेका छन्। आर्मीले प्रयोग गर्ने ट्यांकलाई वातावरणमैत्री बनाउन हाइब्रिड प्रविधिको प्रयोग गर्न सकिने र यसलाई शक्तिशाली तथा आवश्यकताअनुसार उपयोगी बनाउन गहन अध्ययन गरेर निर्माण गर्न सकिने मेजर म्याथ्यु उडले एउटा लेखमा उल्लेख गरेका छन्। अहिलेको जस्तै पावरफुल ट्यांक बनाउन हाइब्रिड इलेक्ट्रिक प्रविधि प्रयोग गर्न सकिन्छ जुन अलिक महगो भने गर्न सक्ने उनले बताएको हिन्दुस्तान टाइम्सले लेखेको छ। 

विभिन्न देशका प्रतिरक्षा विभाग तथा निजी कम्पनीहरुले आर्मी ट्यांकलाई हाइब्रिड प्रविधिमा रुपान्तरण गर्न सकिने विषयमा काम गरिरहेका छन्। जर्मनीको एउटा कम्पनीले आर्मी ट्यांक बनाएको छ जसको नाम जिनेसिस राखिएको छ। उक्त ट्यांकले १३ सय ६८ किलोवाट क्षमता बराबर पावर दिने र ४० किलोमिटर प्रतिघण्टाको गति तय गर्न सक्छ। सो ट्यांकले एक पटकको फुल चार्जमा १ सय ५० किलोमिटर दूरी तय गर्न सक्छ।

अमेरिकी तथा बेलायती आर्मीले विद्युतीय शक्तिद्वारा चल्ने ट्यांक प्रयोग गर्ने बारे आर्मी अधिकारीहरुसँग छलफल गरिरहेको छ। विद्युतीय ट्यांकका लागि चुनौती भनेको ट्यांकको तौल हो। ब्याट्रीको तौल र ट्यांकको तौल दुवै घटाउनु पर्ने जटिलताबारे समेत विभिन्न अध्ययनहरु भइरहेका छन्। 


प्रकाशित : शनिबार, असार ४ २०७९०७:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend