शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

चिनी उत्पादक भन्छन् - पेट्रोलियमको मूल्य बढ्दा चिनीको मूल्य बढ्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार ३ २०७९
images
चिनी उत्पादक भन्छन् - पेट्रोलियमको मूल्य बढ्दा चिनीको मूल्य बढ्यो

भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाए पनि नेपाली बजारमा चिनीको अभाव नहुने चिनी उत्पादक संघले जनाएको छ।

images
images

काठमाडौं- पछिल्लो समय भारत सरकारले चिनी निर्यातमा रोक लगाएसँगै नेपाली बजारमा चिनीको मूल्य बढ्न थालेको छ। पछिल्लो १५ दिनको अवधिमा किलोमै २० रुपैयाँले चिनीको मूल्य बढेको गुनासो आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी उद्योगीसँग छलफल गरेको छ।

images
images
images

चिनीको मूल्यका विषयमा विभागले चिनी उत्पादक संघ, साल्टट्रेडिङ कर्पाेरेशन तथा नेपाल खुद्रा व्यवसायी संघका प्रतिनिधिसँग बिहीबार छलफल गरेको हो। विभागका महानिर्देशक लीलाप्रसाद शर्माले चिनीको मूूल्यको विषयमा विभिन्न निकायका प्रतिनिधिसँग विभागमा छलफल गरिएको जानकारी दिए। चिनी उत्पादकले उत्पादन लागत बढ्दा चिनीको मूल्य बढेको भन्दै भारतीय प्रतिबन्धले मूल्यमा कुनै असर नगरेको बताएको उनले जानकारी दिए।

images
images

छलफलमा चिनी उत्पादक संघका उपाध्यक्ष राजकुमार अग्रवालले पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य बढ्दा त्यसको असर ढुवानीमा परेको जानकारी गराएको महानिर्देशक शर्माले बताए। पेट्रोलियम पदार्थको मूल्य बढ्दा त्यसको असर चिनी उत्पादनदेखि ढुवानीसम्म परेको भन्दै त्यसको कारण चिनीको मूल्य बढेको संघले जनाएको छ। संघले उद्योगबाटै प्रतिकिलो ९३.८३ रुपैयाँमा चिनी बिक्री गर्ने गरेको छ।

images
images

'उद्योगमै चिनीको मूल्य बढेको छ, उद्योग हुँदै होलसेल तथा खुद्रा पसलमा चिनी पुग्दा मूल्य बढी हाल्छ, अहिले चिनीको मूल्य बढ्नु स्वभाविक हो', उनले भने।

भारतले जुन १ तारिखदेखि चिनी निर्यातमा रोक लगाएको थियो। भारतले चिनी निर्यातमा रोक लगाएसँगै नेपालमा चिनी उद्योगी तथा व्यवसायीले किलोमै २० रुपैयाँ बढाएका छन्। यसअघि प्रतिकिलो ९० रुपैयाँमा पाइने चिनी भारतको प्रतिबन्धपश्चात ११० रुपैयाँ पुगेको छ।

चिनीको अभाव हुँदैन : संघ

भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाए पनि नेपाली बजारमा चिनीको अभाव नहुने चिनी उत्पादक संघले जनाएको छ। चिनी उद्योगी तथा व्यवसायीसँग पर्याप्त मात्रामा चिनी मौज्दात रहेको संघको जनाएको छ। 

चिनी उत्पादक संघको तथ्याङ्कानुसार नेपालमा वार्षिक दुई लाख ७५ हजार मेट्रिक टन चिनीको माग रहेकामा आधा नेपालकै उत्पादनले पुग्दै आएको छ। नेपालमा १० चिनी उद्योगले चिनी उत्पादन गर्दै आएका छन्। स्वदेशी उद्योगले मात्रै वार्षिक एक लाख ३० हजार मेट्रिक टन चिनी उत्पादन गर्ने गरेकाले भारतले निर्यातामा रोक लगाउँदा नेपालमा खासै असर नपर्ने संघले जनाएको छ।

संघको तथ्याङ्कानुसार चालु आर्थिक वर्षमा मात्रै नेपालका चिनी उद्योगले तीन लाख २१ हजार मेट्रिक टन चिनी उत्पादन गरेका छन्। स्वदेशी चिनी उत्पादनसँगै चालु आर्थिक वर्षको १० महिनामा नेपालले विभिन्न देशबाट रु चार अर्ब ८३ करोडभन्दा बढीको चिनी आयात गरेको छ। रासस


प्रकाशित : शुक्रबार, असार ३ २०७९०५:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend