शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

तीन दिनभित्रमा ‘ब्रुमर’ सञ्चालनमा ल्याउँदै काठमाडौं महानगर

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ २९ २०७९
images
तीन दिनभित्रमा ‘ब्रुमर’ सञ्चालनमा ल्याउँदै काठमाडौं महानगर

बैठकमा छलफल गर्दै कार्यपालिका सदस्यहरुले समुदाय स्तरका समस्या, महानगरसँग वडाले गरेका अपेक्षा, आफूले गरेका प्रयास र समग्र महानगरको समृद्धिका विषयमा धारणा राखेका थिए।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले तीन दिन भित्रमा यान्त्रिक कुचो (ब्रुमर) सञ्चालनमा ल्याइने बताएका छन्।

images
images
images

प्रमुख साहको अध्यक्षतामा आइतबार बसेको नगर कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरुको प्रश्नको जवाफ दिँदै उनले बु्रमर छिट्टै सञ्चालनमा ल्याइने जानकारी दिएका हुन्। चालकको करार अवधि सकिएकाले ब्रुमर दुई महिनादेखि सञ्चालनमा आउन सकेको थिएन। उक्त समस्या समाधान गरेर पुनः सञ्चालनमा ल्याइने उनले बताए।

images
images

नगर प्रहरी परिचालनका लागि वडाध्यक्षहरुले सिधै नगर प्रहरी बलका प्रमुखसँग जनशक्ति माग गर्न सक्ने प्रमुख साहले बताए।

images
images

विकास साझेदारसँग हरेक महिनाको पहिलो सोमबार बैठक बसेर समन्वय बढाइने उनले बताए। बैठकका प्रस्तावमाथि छलफल गर्ने क्रममा प्रमुख साहले महानगर आफैँभित्र अन्तरविभाग र विकास साझेदार कार्यालयबीच समन्वय बलियो बनाइने बताए। समन्वय कायम गरेरै अहिले देखिएका समस्या क्रमशः समाधान हुँदै जाने उनले बताए। साहले भने, 'साझा प्रयास र सहभागिताले लक्ष्य हासिल हुने हो। यो सबैसँगै हुनुपर्छ।'

उपप्रमुख सुनिता डङ्गोलले पूर्वतयारीसहित गरिएको बैठक उपलब्धिमूलक भएको बताइन्। साझा धारणा बनाएर अगाडि बढ्नका लागि आउँदा दिनमा पनि पूर्वतयारीसहित बैठक गरिने उनको भनाइ छ। बैठकले नगरसभाको ११औँ अधिवेशन आगामी असार ५ गते गर्ने निर्णय गरेको छ। बैठकले उपप्रमुख डङ्गोलको अध्यक्षतामा स्थानीय राजश्व परामर्श समिति गठन गरेको छ।

बैठकमा प्रमुख साहले पेस गर्नुभएको कार्यपालिकाअन्तर्गतका विषयगत समितिका संयोजकको नाम अनुमोदन भएको छ। सुशासन समितिमा वडा नं २६ का अध्यक्ष ख्यामराज तिवारी, वित्त समितिमा वडा नं १५ का अध्यक्ष ईश्वरमान डङ्गोल, सामाजिक समितिमा वडा नं १० का अध्यक्ष रामकुमार केसी र पूर्वाधार समितिमा वडा नं १६ का अध्यक्ष मुकुन्द रिजाल रहेका छन्। वातावरण समितिमा वडा नं १२ का अध्यक्ष बालकृष्ण महर्जन, भवन व्यवस्था समितिमा वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकार, सम्पदा तथा पर्यटन समितिमा वडा नं ८ का अध्यक्ष आशामान सङ्गत र सूचना प्रविधि समितिमा वडा नं १७ का अध्यक्ष नवीन मानन्धर छन्। 

यस्तै, शिक्षा र स्वास्थ्य समितिमा वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जन, विधायन समितिमा वडा नं २३ का अध्यक्ष मचाराजा महर्जन, राजश्व समितिमा वडा नं ३२ का अध्यक्ष नवराज पराजुली र विपद् व्यवस्थापन समितिमा वडा नं ३ का अध्यक्ष प्रेम थापा संयोजक रहेका छन्।

बैठकमा छलफल गर्दै कार्यपालिका सदस्यहरुले समुदाय स्तरका समस्या, महानगरसँग वडाले गरेका अपेक्षा, आफूले गरेका प्रयास र समग्र महानगरको समृद्धिका विषयमा धारणा राखेका थिए। फोहरमैला व्यवस्थापन गर्ने, ब्रुमरको नियमित उपयोग, खानेपानी तथा ढल निकासका लागि फरक फरक कार्यालयले काम गर्दाको असजिलो, वडा र महानगरको भूमिका, बिजुलीका तार व्यवस्थापन गर्दा खनिएका खाडलको व्यवस्थापनका विषयमा वडा सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए। बैठकमा प्रमुख साहले कार्यपालिका सदस्य मीना सुनारलाई पद तथा गोपनीयताको शपथ दिलाएका थिए। रासस


प्रकाशित : आइतबार, जेठ २९ २०७९१४:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend