शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

एयरबसद्वारा इलेक्ट्रिक एयर ट्याक्सी ‘सिटीएयरबस नेक्स्टजेन’ सार्वजनिक 

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असोज ९ २०७८
एयरबसद्वारा इलेक्ट्रिक एयर ट्याक्सी ‘सिटीएयरबस नेक्स्टजेन’ सार्वजनिक 

सिटीएयरबसले हालसम्म २ सय २४ पटक उडान तथा राउन्ड टेस्ट गरिसकेको अटोइभोलुसनले लेखेको छ। यो परीक्षण उडानमा १ हजार किलोमिटर दूरी पार गरेको छ। 

काठमाडौं- हवाइजहाज निर्माता कम्पनी एयरबसले उदयमान सहरी हवाइ यात्राको बजारलाई लक्षित गरि नयाँ एयर ट्याक्सी सार्वजनिक गरेको छ। एयरबसले आयोजना गरेको पहिलो ‘पायोनियरिङ सस्टेनेवल एरोस्पेस’ सम्मेलनमा नयाँ सिटी एयरबस नेक्स्टजेन सार्वजनिक गरेको हो।

पूर्ण इलेक्ट्रिक एयर ट्याक्सी सहरी यात्राका लागि लक्षित गरेर निर्माण गरिएको कम्पनीको भनाइ छ। यो ट्याक्सीले ८० किलोमिटर (५० माइल) सम्मको उडान भर्ने क्षमता राख्छ। सिटीएयरबस नेक्स्टजेनको अधिकतम गती १ सय २० किलोमिटर प्रतिघण्टासम्मको हुनेछ। 

airbus-unveils-next-gen.jpg

यो ट्याक्सी मुख्य सहरमा हुने झन्झटिलो यात्रा सहज बनाउन उपयोगी हुने छ। सिटीएसरबसको अर्को विशेषता भनेको यो उडाउँदा सामान्य कुराकानी गर्दा जतिमात्र आवाज आउँछ। 

सिटीएयरबसले हालसम्म २ सय २४ पटक उडान तथा राउन्ड टेस्ट गरिसकेको अटोइभोलुसनले लेखेको छ। यो परीक्षण उडानमा १ हजार किलोमिटर दूरी पार गरेको छ। 

हाल सिटीएयरबस नेक्स्टजेन सञ्चालन अनुमतिको विषय भने छलफलकै चरणमा रहेको छ। कम्पनीले अहिले प्रोटोटाइप सार्वजनिक गरेपनि २०२३ सम्ममा औपचारिक रुपमा उडान हुने अनुमान गरिएको छ।


प्रकाशित : शनिबार, असोज ९ २०७८११:२२
  • सम्बन्धित विषय:

  • # एयरबस
  • # एयर ट्याक्सी
  • # सिटीएयरबस नेक्स्टजेन
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend