शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

याङ्री र लार्केको पानी वितरणका लागि पाइप बिच्छ्याइँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ २९ २०७९
images
याङ्री र लार्केको पानी वितरणका लागि पाइप बिच्छ्याइँदै

सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रबाट साढे दुई किमीसम्म १ हजार ८ सय डायमिटरको पाइप बिच्छ्याइने छ।

images
images

काठमाडौं- सुन्दरीजलबाट चाबहिलसम्मको ११ किमी दुरीमा मेलम्ची आयोजनाको दोस्रो चरणको पानी वितरणका लागि १ हजार ६ सय र १ हजार ८ सय डायमिटरमा पाइप बिच्छ्याउन थालिएको छ।

images
images
images

दोस्रो चरणमा याङ्री र लार्केको पानी पनि ल्याउने तयारी भएसँगै पानी वितरणका लागि राजधानीमा ठूला पाइप बिच्छ्याउन थालिएको हो।

images
images

पहिलो चरणमा मेलम्चीको पानी वितरणका लागि सुन्दरीजलदेखि चाबहिलसम्म १ हजार ४ सय डायमिटरको पाइप बिच्छ्याइएको थियो। यो पाइपबाट दैनिक २२ करोड लिटर पानी पठाउन सकिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ।

images
images

दोस्रो चरणमा १ हजार ६ सय र १ हजार ८ सय डायमिटरको पाइप बिच्छ्याएपछि यसबाट दैनिक २९ करोड लिटर पानी ल्याउन सकिने निर्देशनालयका सूचना अधिकारी चन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रबाट साढे दुई किमीसम्म १ हजार ८ सय डायमिटरको पाइप बिच्छ्याइने छ। साढे दुई किलोमिटरभन्दा तल चाबहिलसम्म नै एक हजार ६सय डायमिटरको पाइप बिच्छ्याइनेछ।

याङ्री र लार्केको पानी आउनुअघि नै पनि मेलम्चीबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी आउने भएपछि ठूलो आकारको पाइप बिच्छ्याइएको उनले सुनाए।

वर्षाको समयमा एउटा खोलाबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी ल्याउन सकिने जनाइएको छ। याङ्री र लार्केको पानी राजधानी ल्याउन तयारी सुरु भएकै बेला निर्देशनालयले भने पाइप बिच्छ्याउन थालिसकेको छ। रासस


प्रकाशित : आइतबार, जेठ २९ २०७९०६:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend