शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

विद्युतीय कारमा यसकारण ‘गेमचेन्जर’ बन्न सक्छ निटा भी

बिहीबार , जेठ २६ २०७९
विद्युतीय कारमा यसकारण ‘गेमचेन्जर’ बन्न सक्छ निटा भी

यो कारमा गर्मी वा जाडो मौसममा समेत ब्याट्रीको दक्षता कम नहोस् भनेर अटोमेटिक हिटिङ तथा कुलिङ प्रणाली रहेको छ।  

काठमाडौं- सीजी मोटर्सले बुधबार नेपाली बजारमा नयाँ विद्युतीय कार सार्वजनिक गर्‍यो। १५० वर्षभन्दा अघिदेखि विभिन्न व्यवसायमा संलग्न रहँदै आएको चौधरी समूह अन्तर्गतको सीजी मोटर्स होजोन अटोले उत्पादन गरेको निटा ब्रान्डसहित विद्युतीय सवारी बजारमा प्रवेश गरेको हो। 

विश्वभर नै विद्युतीय कारको उत्पादन तथा प्रयोग उल्लेख्य रुपमा बढ्दै गइरहेको छ। सरकारहरूले विद्युतीय सवारीलाई प्रवर्द्धन गर्न विभिन्न सहुलियत दिँदै आएका छन्। नेपालमा पनि विद्युतीय सवारीमा सरकारले कर सहुलियत दिँदै आएको छ। यद्यपी सरकारको विद्युतीय कारप्रतिको कर नीति भने स्थिर हुन सकेको छैन। 

आगामी आर्थिक वर्षको बजेटमा सरकारले १ सय किलोवाट मोटर क्षमता भएको विद्युतीय कारमा भने १५ प्रतिशतमात्र भन्सार लगाएको छ भने अन्तःशुल्क लगाएको छैन। उक्त मोटर क्षमताभन्दा बढीका विद्युतीय कारको भने कर बढाइएको छ। 

सीजी मोटर्सले भविष्यको सवारी ‘न्यु इनर्जी’ सवारी भएकाले विद्युतीय सवारीमात्र उत्पादन गर्ने गरि स्थापना भएको होजोन अटोले उत्पादन गरेको निटा ब्रान्डका विद्युतीय कार नेपाली बजारमा सार्वजनिक गरेको छ। अन्य अधिकांश सवारी उत्पादकले आइसी (इन्टरनल कम्बस्चन) इन्जिनयुक्त कारकै लागि डिजाइन गरिएको प्लेटफर्ममा विद्युतीय कार बनाउँदै आएका छन्। 

neta car (3).JPG

सीजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले पेट्रोलियम पदार्थको आयात घटाई व्यापार घाटा कम गर्ने सरकारी नीतिलाई सहयोग पु¥याउन आफुहरुले विद्युतीय सवारीको प्रवर्द्धन गरेको बताए। ‘सरकारले नेपालको व्यापार घाटाको मुख्य कारक रहेको सवारी साधनमा प्रयोग हुने पेट्रोलियम पदार्थको खपत सन् २०५० सम्ममा आधामा झार्ने योजना बनाएको छ’, प्रबन्ध निर्देशक चौधरीले भने, ‘सरकारको यही योजनालाई सघाउन हामीले निजि र व्यवसायिक रुपमा प्रयोग हुने विद्युतीय सवारीसाधनको विस्तारमा लागेका हौँ।’

निटा ब्रान्ड भने पूर्णरुपमा विद्युतीय सवारी उत्पादन गर्नकै लागि डिजाइन गरिएको कार हो। जसका कारण निटा ब्रान्डका कार निक्कै इफिसियन्ट रहेको कम्पनीको भनाइ छ। 

सीजी मोटर्सले ‘सीजीरिभोलुसन’ को नारासहित न्यू इनर्जी सवारीलाई प्राथमिकता दिने नीतिमा रहेका कारण धेरै रेन्ज दिने, उपयुक्त मूल्यको विद्युतीय सवारी नेपाली उपभोक्तालाई उपलब्ध गराएको जनाएको छ। ‘नेपाली उपभोक्ताको चाहना र कम्पनीको उद्देश्य पूरा हुनेगरि होजोनले उत्पादन गरेको निटा ब्रान्ड सीजी मोटर्सले ल्याएको हो,’ सीजी मोटर्सका सीईओ हेमन्त अग्रवालले भने, ‘निटा भी कार उच्च पर्फमेन्ससहित आरामदायी छ। निटा भी आफ्नो सेगमेन्टको उत्कृष्ट कार रहेको नेपाली उपभोक्ताले नै भन्नु हुनेछ।’  

neta car (2).JPG

विद्युतीय सवारीमा समकालीन विश्वको सबैभन्दा शक्तिशाली उत्पादकहरू चीनमै छन्। तिनै शक्तिशाली मध्येको एक होजोन अटोमोबाइल हो। होजोन न्यु इनर्जी अटोमोबाइल कम्पनी लिमिटेड विश्व विख्यात अटोमोबाइल कम्पनीमा काम गरिसकेका अनुभवी प्राविधिक तथा दक्ष व्यक्तिहरूको समूहले स्थापना गरेको कम्पनी हो।

होजोन अटोले अमेरिकाको सिलिकन भ्याली र क्लालिफोर्नियामा अटोनोमस भेहिकल रिसर्च सेन्टर २०१८ मा स्थापना गरेको थियो। होजोन अटोमोबाइल चिनियाँ विद्युतीय सवारी उत्पादकहरूमा टप थ्री ब्रान्डमा पर्दछ। होजोनको मुख्य विशेषता भनेको उच्च प्रविधियुक्त सवारी र सवारीले दिने माइलेज नै हो। 

सीजी मोटर्सले सुरुमा नेपाल ल्याएको निटा भीले एक पटकको फुल चार्जमा ३ सय ८० किलोमिटरभन्दा बढी रेन्ज दिनेछ। निटा भी कारमा संसारको सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी सीएटीएलले उत्पादन गरेको ३८.५ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ। 

यो कारमा गर्मी वा जाडो मौसममा समेत ब्याट्रीको दक्षता कम नहोस् भनेर अटोमेटिक हिटिङ तथा कुलिङ प्रणाली रहेको छ।  

नेपाली बजारमा उपलब्ध निटा भी विभिन्न ५ रंगमा उपलब्ध छ भने यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। त्यस्तै सीजी मोटरका हरेक खरिदकर्तालाई ६.६ केडब्लूको चार्जर र एक वर्षको बीमा उपलब्ध गराउने छ।

neta car (4).JPG

सीजी मोटरले नेपालको यातायात क्षेत्रमै नयाँ आयाम ल्याउने लक्ष्यसहित नयाँ प्रविधि र नवीतम सोचसहितका सवारी ल्याएको कम्पनीका सीईओ हेमन्त अग्रवालले बताए। ‘सीजी मोटरले विद्युतीय सेगमेन्टमा निजी सवारीमात्र नभइ सार्वजनिक तथा कमर्सियल सवारी पनि ल्याउँदै छ,’ अग्रवालले भने, ‘११ देखि १४ सिट क्षमताका भ्यान तथा माइक्रोबसलाई विद्युतीयले विस्थापन गर्ने गरि हामीले काम गर्दैछौं।’ डिजेल/पेट्रोल सवारीले वातावरण प्रदूषण गर्ने भएकाले सीजी मोटरले विद्युतीय सवारीमात्र आयात गर्ने उनको भनाइ छ। 

अर्को वर्षसम्म सीजी मोटरले निटा एस र निटा यू नेपाली उपभोक्तालाई उपलब्ध गराउने योजना रहेको बताएको छ। 

निटा भीको विशेषता 

लेन्थ- ४ हजार ७० एमएम

वाइड- १६ सय ९० एमएम 

हाइट १५ सय ४० एमएम 

ह्वीलवेस- २४ सय २० एमएम 

अधिकतम गति- १ सय १ किलोमिटर प्रतिघण्टा 

ग्राउन्ड क्लियरेन्स- १ सय ६० एमएम  

ब्याट्री- ३८.५४ केडब्लूएच (सीएटीएल लिथियम आयन) 

मोटरको पावर– ७०र९० केडब्लूरपीएस 

अधिकतम टर्क- १ सय ६० एनएम 

१४.६ इन्चको इन्टेलिजेन्ट कन्ट्रोल स्क्रिन

सिट क्षमता- ५

बुट स्पेस- ३ सय ३५ लिटर

यो कारमा प्रयोग भएको ब्याट्री फुलचार्ज हुन एसी चार्जरबाट ६ घण्टा ९६।६ किलोवाट० लाग्छ भने डीसी फास्ट चार्जरबाट ८० प्रतिशतसम्म पुग्न जम्मा २० मिनेटमात्र लाग्ने छ।  निटा भीमा फ्रन्ट तथा रेयर दुवैतर्फ डिस ब्रेक छ भने यो फ्रन्ट ड्राइभ मोड कार हो।

विद्युतीय कार चढ्न चाहनेका लागि क्रसओभर सेगमेन्टको भएकाले निटा भी धेरैको रोजाइमा पर्न सक्छ। नेपालकै अग्रणी व्यवसायिक घरानाले ल्याएकाले बिक्रीपछिको सेवा तथा पर्याप्त चार्जिङ नेटवर्क विस्तार हुने अपेक्षा अउपभोक्ताको हुनेछ। विद्युतीय कारको सबैभन्दा ठूलो पूर्वाधार भनेकै चार्जिङ नेटवर्क भएकाले यसको विस्तार गरेमा उपभोक्ता स्वतः आकर्षित हुनेछन्। 

विद्युतीय कार सार्वजनिक गर्ने क्रममा कम्पनीले चार्जिङ नेटकर्व विस्तार गर्ने र सबै प्रकारका सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको छ। नेपाली बजारमा उपलब्ध प्रतिस्पर्धी विद्युतीय कारको तुलनामा निटा भी धेरै रेन्ज दिने र नवीनतम् प्रविधिमा आधारित रहेकाले अधिकांशको स्वीकार्यतामा पर्न सक्छ। 

निटा सार्वजिनक गरेसँगै सीजी मोटर्सले यसको बुकिङ समेत खुला गरेको छ। कम्पनीले नक्साल भाटभटिनी नजिकै विश्वस्तरीय साेरुमसमेत सञ्चालनमा ल्याएको छ। 


प्रकाशित : बिहीबार , जेठ २६ २०७९०३:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend