शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

भारतमा १० हजार टाटा नेक्सन इभी उपभोक्तालाई, नेपालमा अहिले बुकिङ गरे दसैँपछि पाइने

शनिबार, असोज ९ २०७८
भारतमा १० हजार टाटा नेक्सन इभी उपभोक्तालाई, नेपालमा अहिले बुकिङ गरे दसैँपछि पाइने

भारतमा इलेक्ट्रिक प्यासेन्ज कार सेगमेन्टमा टाटा मोटर्सको बजार हिस्सा ७० प्रतिशत रहेको छ। गएको अक्टोबर महिनामा भारतमा पहिलो पटक इलेक्ट्रिक कार बिक्री १ हजार नाघेको हो। 

काठमाडौं- टाटा मोटर्सको इलेक्ट्रिक कार शुक्रबार १० हजार वटा उपभोक्तालाई हस्तान्तरण गरिएको छ। नेक्सन इभीलाई उसको सेगमेन्टकै शक्रिशाली इलेक्ट्रिक कार मानिएको छ। 

इलेक्ट्रिक कारको बजार विस्तार भएसँगै टाटा मोटर्सले पनि यही सेगमेन्टको कार उत्पादनलाई प्राथमिकता दिएको छ। टाटाले हालै मात्र २०२१ टिगोर इभी सार्वजनिक गरेको छ।

भारतमा इलेक्ट्रिक प्यासेन्ज कार सेगमेन्टमा टाटा मोटर्सको बजार हिस्सा ७० प्रतिशत रहेको छ। गएको अक्टोबर महिनामा भारतमा पहिलो पटक इलेक्ट्रिक कार बिक्री १ हजार नाघेको हो। 

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेपाली बजारमा सार्वजनिक गरिसकेको छ। कम्पनीले भारतबाट नेक्सन इभीको आपूर्ति माग अनुसार नभएको कम्पनीको भनाइ छ। 

अहिले नेक्सन इभीको बुकिङ गरे दसैँपछि मात्र पाइने अवस्था रहेको सिप्रदीले जनाएको छ। अन्य कारको आपूर्ति भन्दा इभीको आपूर्ति कम भएको छ। भारतमा समेत नेक्सन इभीको माग उच्च रहेको छ। 

प्रतिस्पर्धी ब्रान्डका इलेक्ट्रिक कारको तुलनामा नेक्सन इभी आकर्षक, उच्च माइलेज र प्रतिस्पर्धी मूल्यमा उपलब्ध हुने भएकाले यो प्रति उपभोक्ताको आकर्षण बढेको हो।


प्रकाशित : शनिबार, असोज ९ २०७८०३:२०
  • सम्बन्धित विषय:

  • # टाटा माेटर्स
  • # टाटा नेक्सन इभी
  • # नेक्सन इभी


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend