शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

दुगड समूहले भेस्पा र अप्रिलिया नेपालमै उत्पादन गर्ने

सोमबार, जेठ २३ २०७९
दुगड समूहले भेस्पा र अप्रिलिया नेपालमै उत्पादन गर्ने

दुगड अटो क्लिनिकले दुई तथा तीन पांग्रे सवारी उत्पादन गर्न ३० करोड रुपैयाँ लगानी प्रस्ताव गरेको छ।

काठमाडौं- व्यवसायिक घराना दुगड समूहले पनि नेपालमै सवारी एसेम्बल गर्ने भएको छ। दुगड समूहले मकवानपुरमा दुईपांग्रे तथा तीनपांग्रे सवारी उत्पादन गर्ने गरि उद्योग दर्ता गरेको हो। 

दुगड समूहले हेटौंडा औद्योगिक क्षेत्रभित्र दुई तथा तीन पांग्रे सवारी उत्पादन गर्नेछ। दुगड समूहले हाल नेपाली बजारमा इटालियन ब्रान्डका भेस्पा तथा अप्रिलिया ब्रान्डको स्कुटर बिक्री गर्दै आएको छ। यस्तै दुगड समूह अन्तर्गतको विवेक अटोमोबाइलले पियाजियोको तीनपाङ्ग्रे रिक्सा पनि बिक्री गर्दै आइरहेको छ। 

दुगड अटो क्लिनिकले दुई तथा तीन पांग्रे सवारी उत्पादन गर्न ३० करोड रुपैयाँ लगानी प्रस्ताव गरेको छ। यो कम्पनीले वार्षिक २४ हजार दुईपांग्रे र ४ हजार वटा तीन पांग्रे सवारी उत्पादन गर्ने प्रस्ताव गरेको छ। 

दुगड अटो क्लिनिकमा १ सय ४५ जनाले रोजगारी पाउने छन् भने यसमा सतप्रतिशत स्वदेशी लगानी हुनेछ। पछिल्लो समय सरकारले नेपालमै सवारी एसेम्बल गर्न चाहने उद्योगलाई विभिन्न किसिमका सहुलियत दिएसँगै उद्योग दर्ता हुने क्रम उल्लेख्य रुपमा बढेको छ। 

चालु आर्थिक वर्षमा मात्र नेपालमा सवारी एसेम्बल गर्न भन्दै करिब डेढ दर्जन उद्योग दर्ता भइसकेका छन्। आगामी आर्थिक वर्षको बजेटमा सरकारले विद्युतीय मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने प्रयोजनका लागि ल्याइने कच्चा पदार्थमा १ प्रतिशतमात्र भन्सार महसुल लाग्ने व्यवस्था गरेको छ। यसले पनि सवारी एसेम्बल गर्न चाहनेहरुलाई प्रेरित गरेको हुनसक्छ। 


प्रकाशित : सोमबार, जेठ २३ २०७९१३:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend