शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

नाडा अटो एक्स्पो २०२२ को रजिष्ट्रेशन जेठ २६ गतेदेखि खोलिँदै

सोमबार, जेठ २३ २०७९
नाडा अटो एक्स्पो २०२२ को रजिष्ट्रेशन जेठ २६ गतेदेखि खोलिँदै

सवारी साधन, पार्टपुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको एकमात्र प्रदर्शनीको नाडा अटो एक्सपोको १५औं संस्करण भदौ ७ देखि हुने तय भएको हो।

काठमाडौं- नाडा अटोमोबाइल्स एशोशिएसन अफ नेपालद्वारा आगामी भदौ ७ देखि १२ गतेसम्म नाडा अटो एक्सपो हुने भएको छ। कोरोना महामारीका कारण विगत २ वर्षदेखि राकिएको अटो सो यो वर्ष भने हुने निश्चित भएको छ। 

सवारी साधन, पार्टपुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको एकमात्र प्रदर्शनीको नाडा अटो एक्सपोको १५औं संस्करण भदौ ७ देखि हुने तय भएको हो। काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीको यही जेठ २६ गतेदेखि ३० गतेसम्म स्टल बुकिङका लागि रजिष्ट्रेशन खुल्ला गरिने भएको छ। सिमित ठाउँ तर प्रदर्शनी सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा अत्याधिक माग भएकाले यस वर्ष पनि गोलाप्रथाद्वारा नै स्टल उपलब्ध गराइने भएको छ। 

प्रदर्शनीमा २-पाङग्रे, ४-पाङग्रे, वित्तिय संस्था, अटो कम्पोनेन्टस् एवं ग्यारेज उपकरणहरुलाई समूहअनुसार छुट्टाइएको हुँदा सोही अनुरुप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्थ मिलाइएको छ नाडाले जनाएको छ। 

विगतका संस्करणहरुमा उल्लेखिय रुपमा सोधपुछ भएकाले यस वर्षदेखि कमर्सियल भेहिकलहरुलाई पनि सम्मिलित गर्ने उदेश्यले कमर्सियल भेहिकलहरुको सहभागिताका लागिसमेत स्टल बुकिङ रजिष्ट्रेशन आवहान गरिएको छ।

कोभिड संक्रमण न्यून हुँदै भएकाले सुस्त रुपमा गतिलिन थालेको नेपाली अर्थतन्त्र पुनः सुस्ताइ रहेको अवस्थामा यस नाडा अटो एक्स्पो २०२२ ले केही हदसम्म भए पनि उद्योगी, व्यापारी एंव उद्यमीहरूमाझ अनुकुल व्यवसायिक वातावरणको सम्भावनालाई प्रस्तुत गर्दै नयाँ उर्जा थप्न सक्ने आयोजकको विश्वास रहेको छ।


प्रकाशित : सोमबार, जेठ २३ २०७९१०:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend