शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

आवाजरहित विश्वको पहिलो उड्ने विद्युतीय ‘ट्याक्सी बोट’

सोमबार, जेठ २३ २०७९
आवाजरहित विश्वको पहिलो उड्ने विद्युतीय ‘ट्याक्सी बोट’

यो ट्याक्सीले एक पटकको फुल चार्जमा २५ माइलसम्मको दुरी तय गर्न सक्छ।

काठमाडौं- स्वीडेनको स्टेकहोमा रहेको कम्पनी क्यान्डेला विश्वको पहिलो विद्युतीय ट्याक्सी बनाएको छ। त्यो ट्याक्सी बोट (ढुंगा) आकारको छ। यो विद्युतीय ट्याक्सी पानीबाट उडान र अवतरण गर्न सक्ने गरि बनाइएको छ। 

पहिलो विद्युतीय उड्ने ट्याक्सी बोटलाई पी-८ भोयगर नाम दिइएको छ। क्यान्डेला कम्पनीले बनाएको अन्य विद्युतीय बोटमा जस्तै प्रणाली यो ट्याक्सी बोटमा प्रयोग गरिएको छ। यो ट्याक्सीमा परिमार्जनसहित प्रयोग गरिएको मोटरले ५० केडब्लू पावर दिन्छ। 

क्यान्डेलाले बनाएको यो ट्याक्सी प्रदूषणरहित त हो नै त्यसमाथि यसले कुनै पनि आवाज निकाल्दैन। पी-८ भोयगर निक्कै शान्त साधन भएकाले आफूले चाहेको ठाउँ तथा पानीमाथि समेत लगेर जान सकिने कम्पनीका संस्थापक तथा सीईओ गुस्ताभ हसलकोगको भनाइ छ। 

यो ट्याक्सीमा ६ जनासम्मले एकै पटक यात्रा गर्न सक्छन्। त्यस्तै गरि ट्याक्सीमा एसी तथा हिटर भएको अप्लसन समेत उपलब्ध रहेको छ। बहिरको मौसम जस्तो सुकै भएपनि ट्याक्सी भित्रि निक्कै आरामदायी हुने गरि बनाइएको छ। 

यो ट्याक्सीले एक पटकको फुल चार्जमा २५ माइलसम्मको दुरी तय गर्न सक्छ। कम्पनीले यो ट्याक्सीका लागि उडान अनुमति लिने क्रममा रहेको छ। यसको व्यवसायिक बिक्रीका लागि भने केही समय लाग्ने कम्पनीले जनाएको छ। 


प्रकाशित : सोमबार, जेठ २३ २०७९०८:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend