मंगलबार, माघ २९ गते २०८१    
मंगलबार, माघ २९ २०८१
images
images

शनिबार पनि आरटीजीएस प्रणाली सञ्चालन हुने

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज ८ २०७८
images
images
शनिबार पनि आरटीजीएस प्रणाली सञ्चालन हुने
images
images

काठमाडौं- शनिबार असोज ९ गते पनि रियल टायम ग्रस सेटल्मेन्ट (आरटीजीएस) प्रणाली नियमित सञ्चालन हुने नेपाल राष्ट्र बैंकले जनाएको छ।  

images
images
images

केन्द्रीय बैंकले विकास ऋणपत्र २०८० ‘क’ को ब्याज भुक्तानी प्रयोजनको लागि बैंक तथा वित्तीय संस्थाहरुलाई आरटीजीएस प्रणाली सञ्चालन राख्न निर्देशन दिएको हो। राष्ट्र बैंकले शनिबार बिहान १० बजेदेखि १२ बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन राख्न भनेको हो।

images
images

आरटीजीएस प्रणालीमार्फत चेक नकाटी सीधै एक बैंकको खाताबाट अर्को बैंकको खातामा भुक्तानी गर्न सकिन्छ । यो प्रणाली अनुसार कारोबार भएको वास्तविक समय (रियल टाइम) मै बैंकहरुबाट तुरुन्तै भुक्तानी पाइनेछ भने चेकको क्लियरिङ गरिरहनु पर्दैन।

images
images
images

nn.jpg


प्रकाशित : शुक्रबार, असोज ८ २०७८११:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend