शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

जुम्लाका किसानलाई कालीमार्सी रोप्न भ्याइनभ्याइ

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ २० २०७९
जुम्लाका किसानलाई कालीमार्सी रोप्न भ्याइनभ्याइ
फाइल तस्बिर

जुम्ला- जुम्लाका किसानलाई कालीमार्सी धान रोप्न भ्याइनभ्याइ भएको छ। असार नलाग्दै यहाँका किसानलाई रोपाइँको चटारो छ। 

जिल्लाका आठवटै स्थानीय तहमा धानखेती हुने गरेको छ। यतिबेला चन्दननाथ नगरपालिका तथा तातोपानी, गुठीचौर र पातारासी गाउँपालिकामा जेठबाटै रोपाइँ सुरु भएको कृषि विकास कार्यालयका प्राविधिक सुकीराम नेपालीले जानकारी दिए। बाह्रैमास सिँचाइ सुविधा पुगेका र खोला आसपासका खेतमा रोपाइँ छिटो हुने गरेको छ। 

'सिँचाइ पुगेका ठाउँमा रोपाइँ गर्न सहज भएको छ,' उनले भने, 'असारसम्म जिलाका सबै ठाउँमा रोपाइँ सकिन्छ।' पछिल्लो समय मार्सी धानको चामलले बजार पाएपछि किसान त्यसतर्फ आकर्षित भएका छन् । जिल्लामा दुई हजार ८०० हेक्टरमा धानखेती हुने गरेको छ। 

समुद्री सतहभन्दा १० हजार फिटको उचाइमा मार्सी धान फल्छ। यो धानको चामल रातो हुन्छ र भात पकाउँदा अरुभन्दा गिलो हुन्छ। काठमाडौँलगायत देशका विभिन्न सहरमा यसको माग अत्यधिक छ।

यो धान चैतमा रोपेर कात्तिकमा काट्ने गरिन्छ। पातारासी गाउँपालिकास्थित छुमचौरमा पनि कार्लीमार्सी धान रोपाइँ सुरु भएको छ। त्यहाँ सुधारिएको कार्लीमार्सी धान रोपिएको हो। दुई हजार ८०० मिटर अग्लो स्थानमा रहेको सो स्थानमा आठ प्रकारका कालीमार्सी धान रोपिएको छ। 

कालीमार्सी धान संरक्षण तथा प्रवद्र्धनकर्ता कलीमान महताराका अनुसार २०२१ सालदेखि सो स्थानमा धान रोप्न थालिएको हो। चन्दननाथ मन्दिरको शेरा जिउलाबाट धानको बेर्ना ल्याएर छुमचौर जिउलोमा रोपाइँ सुरु भएको हो। कालीमार्सी धानको महत्वका विषयमा बुझ्दै गएपछि अहिले सो जिउलोमा २०० रोपनी जग्गामा धान रोपेको महताराले बताए। रासस 


प्रकाशित : शुक्रबार, जेठ २० २०७९०५:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend