शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

साना कारमा ६ एयरब्यागको व्यवस्था पुनर्विचार गर्न मारुती सुजुकीको आग्रह

बिहीबार , जेठ १९ २०७९
साना कारमा ६ एयरब्यागको व्यवस्था पुनर्विचार गर्न मारुती सुजुकीको आग्रह

भारत सरकारले आगामी अक्टोबर १ देखि सबै प्रकारका कारमा ६ वटा एयरब्याग अनविार्य हुनुपर्ने व्यवस्था गर्दैछ। 

काठमाडौं- मारुती सुजुकी भारतको सबैभन्दा ठूलो कार उत्पादन तथा बजार हिस्सा भएको कम्पनी हो। भारत सरकारले कारमा यात्रा गर्नेहरुको सुरक्षालाई मध्यनजर गर्दै सबै खाले कारमा ६ वटा एयरब्याग अनिवार्य गर्ने प्रस्ताव कार्यान्वयन गर्दै छ। 

सरकारले उक्त प्रस्तावबारे पुनर्विचार गर्नुपर्ने माग मारुती सुजुकीले गरेको छ। सानाका कारका लागि ६ वटा एयरब्याग अनिवार्य गर्ने नियम उपयुक्त हुने मारुती सुजुकीको भनाइ छ। 

मारुती सुजुकी भारतको चारपांग्रे बजारमा सवार्धिक बिक्री गर्ने कम्पनी हो। जसको मुख्य हिस्सा साना कार नै रहेको छ। मारुती सुजुकीका अल्टो, वेगनआर, स्वीफ्ट, बलेनो, सेलेरियो र एसप्रेसो साना कार हुन् र यीनै कार भारतमा सबैभन्दा धेरै बिक्री हुँदै आएको छ। 

मारुती सुजुकीले ८ जनाभन्दा बढी यात्रु बोक्ने कारलाई मात्र ६ एयरब्याग अनिवार्यृ गर्ने व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ। भारत सरकारले आगामी अक्टोबर १ देखि सबै प्रकारका कारमा ६ वटा एयरब्याग अनविार्य हुनुपर्ने व्यवस्था गर्दैछ। 

साना कारमा पनि ६ वटा एयरब्याग अनिवार्य गर्दा ती कारको मूल्य २० देखि २५ हजार भारु बढ्ने भएकाले साना कार खरिदगर्ने उपभोक्ताका लागि यो ठूलो रकम भएको मारुती सुजुकीका अध्यक्ष आरसी भार्गवले बताएको हिन्दुस्तान टाइम्सले लेखेको छ। सरकारले अहिले नै साना कारमा ६ एयरब्याग लागु गर्ने अवस्था आइनसकेकाले आफूहरुले सरकारलाई सो नियम बारे पुनर्विचार गर्न आग्रह गरेको उनको भनाइ छ। 

सरकारले बीएस६ कार्यान्वयन गर्दा नै साना कारको मूल्य बढेकाले पुनः नयाँ नियम लागु गर्दा यसको मारमा साना कार खरिदकर्ता पर्ने भार्गवले बताए। भारतीय बजारमा बिक्री हुने कार मध्ये करिब ७० प्रतिशत साना ह्याचब्याक कार बिक्री हुँदै आएको छ। मारुती सुजुकीसँगै यो सेगमेन्टमा हुन्डाई, टाटा, होन्डा, रेनोलगायत ब्रान्डका कार बिक्री हुँदै आएको छ। 

भारतमा ६ एयरब्याग अनिवार्य गर्दा त्यहाँ मूल्य बढ्ने भएपछि नेपाली बजारमा समेत त्यसको प्रत्यक्ष प्रभाव पर्ने छ। नेपाली बजारमा आयात हुने मध्ये करिब ८० प्रतिशत कार भारतबाटै आयात हुने गरेको छ। नेपाली बजारमा सुजुकी, हुन्डाई, टाटा, रेनोलगायत ब्रान्डका कार धेरै बिक्री हुँदै आएका छन्।   


प्रकाशित : बिहीबार , जेठ १९ २०७९११:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend