शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

आजबाट भारतले चिनी निर्यातमा लगायो रोक, नेपालमा के पर्छ असर?

बुधबार, जेठ १८ २०७९
आजबाट भारतले चिनी निर्यातमा लगायो रोक, नेपालमा के पर्छ असर?

नेपालमा भारतबाट वार्षिक एक लाख ६० हजार मेट्रिकटन चिनी आयात हुने गरेका छ।

काठमाडाैं- भारतले आजबाट चिनी निर्यातमा रोक लगाउने भएको छ। भारतले चिनी निर्यातमा रोक लगाएसँगै त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि पर्ने भएको छ। 

नेपालमा भारतबाट वार्षिक एक लाख ६० हजार मेट्रिकटन चिनी आयात हुने गरेका छ। नेपालको उत्पादनले वार्षिक मागको करिब ५० प्रतिशतमात्रै माग धान्न सक्ने भएकोले पनि भारतबाट आयात रोकिएपछि नेपालमा असर पर्ने भएको हो । नेपाली बजारमा वार्षिक तीन लाख मेट्रिकटन चिनी खपत हुने गर्छ।

नेपालमा अहिले वार्षिक करिब एक लाख ४० मेट्रिकटन उत्पादनसम्म चिनी उत्पादन भइरहेको छ। पछिल्लो वर्ष उखु उत्पादनमा कमी आउन थालेसँगै चिनी उत्पादनमा समेत कमी आइरहेको छ। समयमै उखु किसानले भुक्तानी नपाउने र बाली लगाएको लागतसमेत नउठ्ने समस्याले उखु किसान निरुत्साहित बन्न पुग्दा झनै समस्या आएको छ।


प्रकाशित : बुधबार, जेठ १८ २०७९०५:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend