शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

फोर्डको गुजरात प्लान्ट टाटा मोटर्सले किन्ने, टाटाले त्यहिँबाट विद्युतीय कार बनाउने

सोमबार, जेठ १६ २०७९
फोर्डको गुजरात प्लान्ट टाटा मोटर्सले किन्ने, टाटाले त्यहिँबाट विद्युतीय कार बनाउने

सोमबार उक्त छलफलले सार्थकता पाएर गुजरात सरकारको रोहबरमा टाटा मोटर्सअन्तर्गतको टाटा प्लासेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेड र फोर्ड इन्डिया प्रालिबीच एमओयू भएको हो। 

काठमाडौं- टाटा मोटर्सले फोर्ड मोटर्सको गुजरातमा रहेको सनानन्द प्लान्ट किन्ने भएको छ। धेरै पहिलेदेखि उक्त प्लान्ट खरिदका लागि टाटा, जुजरात सरकार र फोर्ड इन्डियाबीच छलफल भएको थियो।

सोमबार उक्त छलफलले सार्थकता पाएर गुजरात सरकारको रोहबरमा टाटा मोटर्सअन्तर्गतको टाटा प्लासेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेड र फोर्ड इन्डिया प्रालिबीच एमओयू भएको हो। 

दुई कम्पनीबीच भएको प्रारम्भिक सम्झौताअनुसार फोर्डको सनानन्द प्लान्टको जमिन, भवन, त्यहाँ रहेको मेसिनरीसहित त्यहाँ रहेको सक्षम कामदारहरुलाई समेत टाटाले लिने छ। सोमबार प्रारम्भिक एमओयू भएको र आगामी केही सातामा पूर्ण एमओयू हुने टाटा मोटर्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

टाटा मोटर्सले विद्युतीय कार उत्पादनलाई उच्च प्राथमिकता दिएको छ। टाटाले विद्युतीय कार उत्पादन क्षमता बढाउने बताउँदै आएको छ। त्यसैले फोर्डबाट सनानन्द प्लान्ट खरिद गरेपछि त्यहाँ विद्युतीय कार उत्पादन वा विद्युतीय कारका लागि आवश्यक ब्याट्रीलगायत सामाग्री उत्पादन गर्ने चर्चा गरिएको छ।

टाटा र फोर्डबीच सनानन्द प्लान्ट खरिद/बिक्री गर्ने प्रारम्भिक सहमती भएको र दुवै पक्षले वीन वीनको अवस्थामा सम्झौतामा पुगेको गुजरात सरकारले जनाएको छ। 

टाटाले सनानन्द प्लान्टमा विदुतीय कार उत्पादन गर्न नयाँ मेसिनरी र औजारहरु खरिद गर्ने हो भने कार उत्पादनका लागि तयार हुने टाटा प्यासेन्जर इलेक्ट्रिक भेहिकलले उल्लेख गरेको छ। यो प्लान्टबाट वार्षिक २ लाख कार उत्पादन हुने क्षमता राख्छ। केही विस्तार गरेर वार्षिक ४ लाख वटासम्म कार उत्पादन गर्न सकिनेछ। 

टाटा र फोर्ड मोटरबीच १० देखि १५ अमेरिकी डलरमा सनानन्द प्लान्ट खरिदको सम्झौता टुंगिने इकोनोमिक टाइम्सले लेखेको छ। 


प्रकाशित : सोमबार, जेठ १६ २०७९१२:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend