शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

१५ सय सीसीमाथिकाे पेट्राेल/डिजल गाडीकाे अन्त:शुल्क बढ्याे

आइतबार, जेठ १५ २०७९
१५ सय सीसीमाथिकाे पेट्राेल/डिजल गाडीकाे अन्त:शुल्क बढ्याे

काठमाडौं- सरकारले आर्थिक ऐन २०७९ मार्फत १५ सय सीसी माथिकाे डिजल/पेट्रोल गाडीकाे अन्त:शुल्क बढाएको छ।

१५ सय सीसीदेखि २ हजार सीसीकाे पेट्रोल गाडीमा ५ प्रतिशत अन्त:शुल्क बढाएको छ। यसमा पहिले ७० प्रतिशत थियाे भने अब ७५ प्रतिशत बनाइएको हाे।

यसैगरी २ हजार देखि २५ सय सीसीमा पहिले ८० प्रतिशत रहेकाे अन्त:शुल्क अहिले ८५ प्रतिशत र २५ सयदेखि ३ हजार सीसीसम्म पहिले ९० थियाे अब ९५ प्रतिशत बनाइएको हाे।

यसैगरी ३ हजार सीसीमाथि पहिले १०० प्रतिशत रहेकाे अन्त:शुल्क बढाएर अब १०५ प्रतिशत बनाइएको छ।

यसैगरी डिजल गाडीमा १५ सय सीसीदेखि २ हजार सीसीको हकमा पहिले ७० प्रतिशत रहेकाे अन्त:शुल्क बढाएर ७५ प्रतिशत बनाइएको ह‍ो।

साथै २ हजार सीसीदेखि २५ सय सीसीको हकमा पहिले ८५ प्रतिशत रहेको अन्त:शुल्क ९० प्रतिशत बनाइएको छ।

यसैगरी २५ सय सीसीभन्दा माथिको हकमा पहिले १०० प्रतिशत रहेको अन्त:शुल्क अहिले १०५ प्रतिशत बनाइएको छ।

यसैगरी हाइब्रिडकाे हकमा पहिले ४० प्रतिशत रहेकाे अन्त:शुल्क अहिले ४५ बनाइएको छ।


प्रकाशित : आइतबार, जेठ १५ २०७९१६:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend