शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

यी हुन् अन्तःशुल्क र भन्सार बढेका मोटरसाइकल, माेटरसाइकलको मूल्य बढ्यो

आइतबार, जेठ १५ २०७९
यी हुन् अन्तःशुल्क र भन्सार बढेका मोटरसाइकल, माेटरसाइकलको मूल्य बढ्यो

काठमाडौं- सरकारले आर्थिक ऐन २०७९ मार्फत महँगा मोटरसाइकलको भन्सार तथा अन्तःशुल्क बढाएको छ। सरकारले २ सय ५० सीसीभन्दा माथिका मोटरसाइकलमा भन्सार तथा अन्तः शुल्क बढाएको हो।

विलासी वस्तु आयात नियन्त्रणका लागि मोटरसाइकलमा समेत कर बढाएको हो।

२५० सीसीसम्म पहिले ३० प्रतिशत रहेको भन्सार शुल्क अहिले ४० प्रतिशत पुगेको छ। यसैगरी अन्तःशुल्क ६० प्रतिशतबाट ८० प्रतिशत बनाइएको छ। 

जसमा २५०-५०० सीसीको हकमा भन्सार ३० प्रतिशतबाट बढाएर ७० र अन्तः शुल्क ८० बाट ९० प्रतिशत बनाइएको छ।

५ सय देखि ८ सय सीसीको हकमा पहिले भन्सार ३० प्रतिशत थियो। यसलाई बढाएर ८० प्रतिशत भन्सार बनाइएको छ। अन्तःशुल्क भने १०० नै यथवात राखिएको छ।

यसैगरी ८ सय सीसीभन्दा माथिको हकमा भन्सार पहिले ३० प्रतिशत थियो भने अब ८० प्रतिशत बनाइएको छ। साथै अन्त:शुल्क भने यथावत नै छ।


प्रकाशित : आइतबार, जेठ १५ २०७९१५:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend