शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

खाद्यवस्तुको आयात घटाउन कृषिमा आकर्षक कार्यक्रम, ५५ अर्ब ९७ करोड रुपैयाँ विनियोजन

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
खाद्यवस्तुको आयात घटाउन कृषिमा आकर्षक कार्यक्रम, ५५ अर्ब ९७ करोड रुपैयाँ विनियोजन

काठमाडौं-सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेटमा कृषिलाई विशेष जोड दिएको छ। बजेट मार्फत सरकारले ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री जनार्दन शर्माले गत वर्षभन्दा १० अर्ब बढी बजेट कृषि क्षेत्रमा विनियोजन गरेका हुन्। बजेटमार्फत धान, मकै, गहुँ र तरकारीको आयात ३० प्रतिशतले घटाइने घोषणा गरिएको छ।  

त्यस्तै किसानसँग सरकार कार्यक्रम अन्तर्गत ‘किसान हित कोष’ स्थापना गरिने घोषणा गरिएको छ। प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम पुर्नसंरचना गरिने समेत घोषणा बजेट मार्फत गरिएको छ। हरेक स्थानीय तहमा एक कृषि स्नातक प्राविधिकको व्यवस्थाको साथै प्रधानमन्त्री र सविभागिय मन्त्रीको संयोजकत्वमा उत्पादन वृद्धि गर्न संयन्त्र समेत बनाइने भएको छ।

त्यस्तै गरी बजेट मार्फत कृषि एम्बुलेन्सको व्यवस्था गरिने भएको छ। कृषि उत्पादन बजार व्यवस्थापन गरिने, कृषिवस्तुको खरिद गरिने तथा कृषि बीमामा प्रिमियम ८० प्रतिशत पुर्‍याइने समेत बजेट मार्फत घोषणा गरिएको छ। 


प्रकाशित : आइतबार, जेठ १५ २०७९११:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend