मंगलबार, माघ २९ गते २०८१    
मंगलबार, माघ २९ २०८१
images
images

नेप्सेमा सामान्य सुधार, कारोबार रकम पनि बढ्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज ७ २०७८
images
images
नेप्सेमा सामान्य सुधार, कारोबार रकम पनि बढ्यो

नेप्से परिसूचक बिहीबार झिनो अङ्कले बढेको छ। सेयर कारोबार हुने साताको अन्तिम दिन नेप्से परिसूचक २.७० अङ्कले बढेर दुई हजार ८१९.६५ मा पुगेको हो। 

images
images

काठमाडौं- नेप्से परिसूचक बिहीबार झिनो अङ्कले बढेको छ। सेयर कारोबार हुने साताको अन्तिम दिन नेप्से परिसूचक २.७० अङ्कले बढेर दुई हजार ८१९.६५ मा पुगेको हो। 

images
images
images

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९३ अङ्कले बढेर ५३०.०२ मा उक्लिएको छ। कूल २२८ कम्पनीको एक करोड ५७ लाख १४ हजार २६६ कित्ता सेयर रु सात अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ मूल्यमा खरिद बिक्री भए। बिहिबारको कारोबारपछि बजार पूँजीकरण ३९ खर्ब ४७ अर्ब १५ करोड ७ लाख ९० हजार रुपैयाँको हाराहारीमा पुगेको छ। 

images
images

कारोबार भएका कूल १३ उपसमूहमध्ये बिहीबार दुई उपसमूहको सेयर उकालो लाग्यो भने ११ उपसमूहको सेयर भने ओरालो लागेको छ। नेप्सेका अनुसार बैंकिङ ४७.३७ र वित्त ८.२ अङ्कले उकालो लागे। केही वाणिज्य बैंकले आव २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेका कारण बैंकिङ उपसमूहको सेयर मूल्यमा सुधार देखिएको हो। व्यापार ४५.०७, होटल तथा पर्यटन ९७.२७, विकास बैंक ८०.४४, जलविद्युत् ७१.८, निर्जीवन बीमा ९२.०४, उत्पादन ८०.४, अन्य २१.६१, लघुवित्त ४६.७९, जीवन बीमा ५१.०८, सामूहिक लगानी कोष ०.०६ र लगानी २.१६ बिन्दुले ओरालो लागेको छ। 

images
images
images

कारोबारका आधारमा आज सानिमा बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको ३४ करोड १५ लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार भयो। नेपाल बैंक २७ करोड १० लाख ७७ हजार १ सय ४३, माछापुच्छ्रे बैंक २३ करोड ८६ लाख ८८ हजार ६ सय ३, नेशनल हाइड्रोपावर २१ करोड ९६ लाख ५० हजार ५ सय ५ र युनाइटेड मोदी हाइड्रोपावरको २१ करोड ७७ लाख २३ हजार २ सय ७७ रुपैयाँ बराबरको कारोबार भयो। 

नेप्सेका अनुसार मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो। प्राइम लाइफ इन्स्योरेन्स ६.१३, नेपाल बैंक ५.५१, नेपाल बंगलादेश बैंक ५.३०, मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले ४.०२ प्रतिशतले कमाएका छन्। 

हिमालयन पावर पार्टनर ५.०९, यूनियन हाइड्रोपावर ५.०५, शिव श्री हाइड्रोपावर ४.६७, अरुण भ्याली हाइड्रोपावर ४.३६ र पाँचथर पावर कम्पनीका लगानीकर्ताले ४.१४ प्रतिशतले गुमाए। 


प्रकाशित : बिहीबार , असोज ७ २०७८११:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend