बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

संस्थान घाटामा जानेक्रम बढ्दो, सरकारको लाभांशमा संकुचन

images
शनिबार, जेठ १४ २०७९
images
संस्थान घाटामा जानेक्रम बढ्दो, सरकारको लाभांशमा संकुचन

आर्थिक वर्ष २०७७/७८ मा नाफामा सञ्चालित २२ संस्थानको खुद नाफा ४०.३० प्रतिशतले घटेको छ भने नोक्सानीमा सञ्चालित १९ संस्थानको खुद नोक्सानी ३.६१ प्रतिशतले बढेको छ।

images
images

काठमाडौं- घाटामा जाने सार्वजनिक संस्थानहरुको संख्या बढिरहेको छ।  आर्थिक सर्वेक्षणमा सांस्थानहरु दुई वर्षयता निरन्तर घाटामा रहेको उल्लेख छ। सरकारले शनिबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो।

images
images
images

आर्थिक वर्ष २०७७/७८ मा नाफामा सञ्चालित २२ संस्थानको खुद नाफा ४०.३० प्रतिशतले घटेको छ भने नोक्सानीमा सञ्चालित १९ संस्थानको खुद नोक्सानी ३.६१ प्रतिशतले बढेको छ। गत वर्ष २४ वटा संस्थानले नाफा गरेका थिए। २ संस्थानको कारोबार शून्य थियो भने १८ संस्थानले घाटा ब्यहोरेका थिए। आर्थिक वर्ष २०७७/७८ मा अस्तित्वमा रहेकामध्ये २२ संस्थान नाफामा रहेपनि १९ संस्था भने घाटामा रहेका छन्। 

images
images

आर्थिक वर्ष २०७६/७७ मा संस्थानको कुल सञ्चालन आय ४ खर्ब २८ अर्ब ७१ करोड ३४ लाख रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा १.५१ प्रतिशतले वद्धि भएर ४ खर्ब ३५ अर्ब १७ करोड ३९ लाख पुगेको छ। 

images
images

आर्थिक वर्ष २०७७/७८ मा जम्मा ६ अर्ब ७२ करोड १४ लाख लाभांश प्राप्त भएको छ। यो रकम अघिल्लो वर्षको तुलनामा ५२.३३ प्रतिशतले कम हो।

गत वर्ष २४ वटा संस्थानले नाफा गरेका थिए। २ संस्थानको कारोबार शून्य थियो भने १८ संस्थानले घाटा ब्यहोरेको तथ्यांक छ।



प्रकाशित : शनिबार, जेठ १४ २०७९१५:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend