शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने प्रक्षेपण

images
शनिबार, जेठ १४ २०७९
images
आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने प्रक्षेपण
images
images

काठमाडौं- सरकारले आर्थिक वृद्धिदर अघिल्लो वर्षको तुलनामा बढी हुने प्रक्षेपण गरेको छ। चालु वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने प्रक्षेपण सरकारले गरेको हो।

images
images
images

शनिबार प्रतिनिधिसभामा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको आर्थिक सर्वेक्षणमा अघिल्लो वर्ष ४.२५ प्रतिशतको आर्थिक वृद्धि भएको उल्लेख छ। 

images
images

सन् २०२२ मा विश्व अर्थतन्त्र ३.६ प्रतिशतले मात्रै बिस्तार हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण छ। चालु आवमा कृषि २.३ प्रतिशत, उद्योग ८.१ प्रतिशत र सेवा क्षेत्रको कुल मूल्य अघिवृद्धि ६.६ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ। चालु आवमा मूल्य अभिवृद्धिमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २३.९ प्रतिशत, १४.३ प्रतिशत र ६१.८ प्रतिशत रहेको छ।

images
images

चालु आवमा कुल ग्राहस्थ उत्पादनको वृद्धिदर प्रदेश नम्बर १ मा ५.४१ प्रतिशत, मधेश प्रदेशमा ४.८२ प्रतिशत, बाग्मती प्रदेशमा ६.७४ प्रतिशत गण्डकी प्रदेशमा ६.१७ प्रतिशत, लुम्बिनी प्रदेशमा ५.३६प्रतिशत, कर्णाली प्रदेशमा ५.७४ प्रतिशत र सुदुरपश्चिममा प्रदेशमा ४.९२ प्रतिशत हुने अनुमान गरिएको छ ।

आर्थिक वर्ष २०७७/७८मा कुल ग्राहस्थ उत्पादनमा उपभोगको अंश ९२.३ प्रतिशत रहेकोमा चालु आवमा केही कमी आइ ९०.७ प्रतिशत रहने अनुमान गरिएको छ।

आर्थिक वर्ष २०७६/७७ मा कुल लगानी २५.९ प्रतिशतले संकुचन भएकोमा पछिल्लो २ वर्षमा यस्तो लगानी बढेको छ। आव २०७७/७८ मा २९.३ प्रतिशतले वृद्धि भएको कुल लगानी चालु आवमा १८.१ प्रतिशतले बढेर १८ खर्ब ७ अर्ब २९ करोड रुपैयाँ अनुमान छ।

आव २०७७/७८ मा कुल ग्राहस्थ उत्पादनसँग कुल लगानीको अनुपान ३५.८ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा यस्तो अनुपातमा वृद्धि भइ ३७.३ प्रतिशतले पुग्ने अनुमान गरिएको छ।


प्रकाशित : शनिबार, जेठ १४ २०७९१५:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend