बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

वीरगञ्ज महानगरको घोषणा : नगरवासीलाई नि:शुल्क विद्युत

images
शनिबार, जेठ १४ २०७९
images
वीरगञ्ज महानगरको घोषणा : नगरवासीलाई नि:शुल्क विद्युत

महानगरले प्रतिघर मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने नगरवासीको विद्युत महसुल रकम पालिकाले व्यहोर्न निर्णय गरेको हो। 

images
images

वीरगञ्ज- मधेस प्रदेशको एकमात्र महानगरपालिका पर्सास्थित वीरगञ्ज महानगरपालिकाले नगरवासीलाई नि:शुल्क विद्युत उपलब्ध गराउने भएको छ। महानगरले प्रतिघर मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने नगरवासीको विद्युत महसुल रकम पालिकाले व्यहोर्न निर्णय गरेको हो। 

images
images
images

महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख राजेशमान सिंहले पहिलो निर्णयानुसार मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने प्रयोगकर्ताको न्यूनतम शूल्क र इनर्जी शुल्क महानगरले नै भुक्तानी गर्ने भएको हो।

images
images

विद्युत महसुलसम्बन्धी निर्णयलाई महानगरपालिकाको पहिलो बोर्ड बैठकबाट पारित गरी कार्यान्वयनमा ल्याउने नगरप्रमुख सिंहले बताए। यसैबीच सडक विभाग मातहतमा रहेको वीरगञ्जको घण्टाघरबाट माईस्थान चोकसम्मको कालोपत्र सडकलाई विभागको सहमतिमा मर्मतसम्भारको काम अघि बढाउनेसमेत निर्णय भएको छ। 

images
images

त्रिभुवन राजपथअन्तर्गत पर्ने उक्त सडकखण्डको कालोपत्र बिग्रिएका कारण आवागमनमा समस्या हुनुका साथै सडक दुर्घटनासमेत भएकाले महानगरपालिकाले उक्त सडकलाई तत्काल मर्मतसम्भार काम अघि बढाइएको नगरप्रमुख सिंहले जानकारी दिए। रासस


प्रकाशित : शनिबार, जेठ १४ २०७९१३:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend