शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

निजगढ विमानस्थलबारे सर्वोच्चलाई फैसला पुनरावलोकन गर्न प्रचण्डको आग्रह

विमानस्थल बन्ने ठाउँमा रुख छैनन्

शनिबार, जेठ १४ २०७९
निजगढ विमानस्थलबारे सर्वोच्चलाई फैसला पुनरावलोकन गर्न प्रचण्डको आग्रह

उनले आफू पनि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण स्थलमा पुगेको र विमानस्थलको संरचना बन्ने ठाउँमा त्यति ठूलो जंगल तथा रुख नै नरहेको बताएका हुन्।

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नै बनाउने नहुने गरी गरिएको फैसला पुनरावलोकन गर्न सर्वोच्चलाई आग्रह गरेका छन्।

संसदमा जारी सरकारको नीति तथा कार्यक्रम छलफलका क्रममा दाहालले सर्वोच्च अदालतबाट आएको आदेश दुखद् र अनौठो रहेको बताएका छन्।

उनले आफू पनि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण स्थलमा पुगेको र विमानस्थलको संरचना बन्ने ठाउँमा त्यति ठूलो जंगल तथा रुख नै नरहेको बताएका हुन्।

उनले अदालनको फैसलाका कारण लामो समयको मेहनत र अर्बाैं लगानी समेत अन्योलमा परेका बताएका छन्।
‘अदालत वन तथा पर्यावरणको विषयलाई लिएर फैसला गरेको बुझिएको छ,’ दाहालले भने, ‘ यसका लागि एउटा विज्ञ समूह बनाइएर निष्कर्ष निकाल्ने गरी फैसला पुनरावलोकन आवश्य छ।’

बिहीबार मात्रै सर्वोच्च निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबाउने भन्दै आदेश जारी गरेको थियो।

प्रकाशित : शनिबार, जेठ १४ २०७९०६:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend