शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

‘निजगढ विमानस्थलबारे सर्वोच्चको फैसलाले फास्टट्रयाकको लगानीसमेत डुब्नेछ’

बिहीबार , जेठ १२ २०७९
‘निजगढ विमानस्थलबारे सर्वोच्चको फैसलाले फास्टट्रयाकको लगानीसमेत डुब्नेछ’

काठमाडौ- निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाउने सर्वोच्च अदालतको फैसला गलत भएको एमाले महासचिव शंकर पोखरेलले बताएका छन्।

समाजिक सञ्चालमार्फत पोखरेलले सर्वोच्चको निर्णय हरेक दृष्टिकोणबाट गलत भएको बताएका हुन्। ‘कार्यकारीको काममा यस्तो हस्तक्षेप न्यायिक सक्रियताको गलत बाटो हो,’ पोखरेलले भने।

सर्वोच्चको निर्णयले फास्टट्र्याकमा भएको लगानीलाई समेत डुबाउने छ र मुलुकलाई आर्थिक संकटमा फसाउने समेत दाबीसमेत पोखरेलले गरेका छन्। सरकारले निजगढ र फाष्टट्रयाकमार्फत काठमाडौं जोड्नका लागि आयोजना अगाडि सारेको उल्लेख गर्दै विमानस्थल निर्माण नभएमा संकटमा पर्ने भन्दै उनले गम्भीर र जिम्मेवार बन्न आग्रह गरेका छन्। 


प्रकाशित : बिहीबार , जेठ १२ २०७९१२:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend