शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

टाटाको अर्को विद्युतीय कार अट्रोज इभी आउँदै

बिहीबार , जेठ १२ २०७९
टाटाको अर्को विद्युतीय कार अट्रोज इभी आउँदै

नेक्सन र टिगोरको इभी भर्सन ल्याएको टाटाले २०२२ मै अल्ट्रोज इभी पनि ल्याउने भएको छ।

काठमाडौं- विद्युतीय कार उत्पादनमा आक्रामक हुँदै गएको टाटा मोटर्सले अर्को विद्युतीय कार ल्याउने तयारी गरेको छ। कम्पनीले २०२२ मै अर्को विद्युतीय कार ल्याउने भएको हो। 

अबको केही वर्षभित्र टाटाले आधा दर्जनभन्दा बढी विद्युतीय कार बजारमा ल्याइसक्ने छ। टाटाले केही साताअघि दुई वटा नयाँ विद्युतीय कार कर्भ र अभेन्या कन्सेप्ट सार्वजनिक गरेको थियो। यी कारहरु २०२५ भित्र बजारमा आइसक्ने छन्। 

नयाँ जेनेरेसनका यी विद्युतीयभन्दा भन्दा पहिले टाटाले हाल डिजेल/पेट्रोल भर्सनमा रहेका कारको विद्युतीय मोडल ल्याउने छ। नेक्सन र टिगोरको इभी भर्सन ल्याएको टाटाले २०२२ मै अल्ट्रोज इभी पनि ल्याउने भएको छ। टाटाले २०२० को अटो एक्सपोमा अल्ट्रोज इभीको कन्सेप्ट सार्वजनिक गरेको थियो। 

भारतमा कारको बिक्री लयमा फर्किएसँगै नयाँ कार सार्वजनिक हुने क्रमसमेत बढेको छ। विद्युतीय कारको बजार निक्कै सानो भएकाले नयाँ कार सार्वजनिक पनि कममात्र हुने गरेको छ। हाल बिक्री भइरहेको विद्युतीय कारमा टाटा मोटर्सको हिस्सा ८५ प्रतिशतभन्दा बढी रहेको छ। 

अल्ट्रोज इभीले एक पटकको फुल चार्जमा २५० देखि ३ सय किलोमिटर रेन्ज दिनेछ। टाटाले अल्ट्रोज इभीले पनि नेक्सनले सरह पर्फमेन्ट दिने र सुविधा पनि उत्कृष्ट हुने दाबी गरेको छ। 

टाटाको नेक्सन इभी र टिगोर इभी नेपाली बजारमा समेत उपलब्ध छन्। नेक्सन इभी भारतका साथै नेपालमा पनि निक्कै लोकप्रिय छन्। अल्ट्रोज इभी पनि भारतमा सार्वजनिक भएलगत्तै नेपाली बजारमा समेत आउने छ। दुई साताअघि टाटाले नेक्सन इभी म्याक्स भारतमा सार्वजनिक गरेको थियो। 


प्रकाशित : बिहीबार , जेठ १२ २०७९०८:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend