शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

गहुँ र चिनीपछि चामल निर्यातमा प्रतिबन्ध लगाउँदै भारत

बिहीबार , जेठ १२ २०७९
गहुँ र चिनीपछि चामल निर्यातमा प्रतिबन्ध लगाउँदै भारत

भारत चीनपछिको संसारकै दोस्रो ठूलो चामल उत्पादक मुलुक हो।

काठमाडौं- यसअघि नै गहुँ र चिनी निर्यातमा प्रतिबन्ध लगाइसकेको भारत सरकारले चामल निर्यातमा समेत प्रतिबन्ध लगाउने तयारी गरेको छ।

आन्तरिक बजारमा सम्भावित अभावलाई मध्यनजर गर्दै भारतले क्रमशः विभिन्न खाद्यवस्तुको निर्यातमा प्रतिबन्ध लगाउँदै गएको हो। 

भारतको प्रधानमन्त्री कार्यालयले एक कमिटी बनाएर हरेक उत्पादनको अध्ययन गरेर निर्यात प्रतिबन्धको निर्णय गरिरहेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। मूल्यवृद्धि उच्च बिन्दुमा पुगेकाले थप महँगो हुनसक्ने र अभाव हुनसक्ने उत्पादनको निर्यातमा रोक लगाइएको भारतीय अधिकारीहरूले बताएका छन्। 

भारत चीनपछिको संसारकै दोस्रो ठूलो चामल उत्पादक मुलुक हो। २०२१/०२२ मा भारतले १ सय २० देशमा चामल निर्यात गरेको थियो। भारत सरकार ५ खाद्यवस्तुमा निर्यात प्रतिबन्ध लगाउने योजनामा छ। अहिले चिनी र गहुँ प्रतिबन्ध भइसकेको छ भने चामल प्रतिबन्धमा पर्ने क्रममा छ। यसबाहेक अन्य दुई खाद्यवस्तुको समेत निर्यात प्रतिबन्ध हुनेछ। 

भारतले आर्थिक वर्ष २०२२ मा ६ अर्ब ११ करोड अमेरिकी डलर बराबरको गैरबासमती चामल निर्यात गरेको थियो। भारतबाट नेपालले वार्षिक करिब २५ अर्ब रुपैयाँभन्दा बढीको चामल आयात गर्दै आएको छ। 


प्रकाशित : बिहीबार , जेठ १२ २०७९०६:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend