बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

युरोपमा व्यापार गर्न भिसा मिलाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ

images
बिहीबार , जेठ १२ २०७९
images
युरोपमा व्यापार गर्न भिसा मिलाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ

युरोपको जुनसुकै देशमा गएर ब्यापार व्यवसाय गर्न मिल्ने भिसा लगाइदिन्छु भनि हंगेरीको लागि नक्कली भिसासमेत निकाली २५ लाख  रूपैयाँ ठगी गरेको

images
images

काठमाडौं- युरोपमा व्यापार गर्न भिसा मिलाइदिने भन्दै २५ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

images
images
images

ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-८ बस्ने चितवन भरतपुर महानगरपालिका-९ वसन्त चोक घर भएका २७ वर्षीय सुजनराज पाण्डेलाई मंगलबार पक्राउ गरेको प्रहरीले जनाएको छ। 

images
images

पाण्डेले टिपिकल क्लोथिङ एण्ड क्राफ्ट स्टोर नामक व्यवसायिक कम्पनी दर्ता गर्न लगाइ युरोपको जुनसुकै देशमा गएर ब्यापार व्यवसाय गर्न मिल्ने भिसा लगाइदिन्छु भनि हंगेरीको लागि नक्कली भिसासमेत निकाली २५ लाख  रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

images
images

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बानेश्वरबाट पक्राउ गरेको हो। उनलाई ठगी कसूर अन्तर्गत थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। 


प्रकाशित : बिहीबार , जेठ १२ २०७९०५:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend