शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

काठमाडौं महानगरमा अनलाइनबाट कर तिर्न सकिने

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन २४ २०७८
images
काठमाडौं महानगरमा अनलाइनबाट कर तिर्न सकिने

काठमाडौं महानगरपालिकामा आफ्नो सम्पत्ति तथा व्यवसाय बापतको कर अनलाइन प्रणालीबाट भुक्तानी गर्न सकिने भएको छ।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकामा आफ्नो सम्पत्ति तथा व्यवसाय बापतको कर अनलाइन प्रणालीबाट भुक्तानी गर्न सकिने भएको छ।

images
images
images

यसका लागि सबैभन्दा पहिला व्यवसाय दर्ता भएको वडा कार्यालयमा गइ करदाता नम्बर लिनुपर्छ। करदाता संकेत नम्बर वडाको राजस्व सफ्टवेयरमा दर्ता गराएपछि अनलाइनबाट कर तिर्नका लागि बाटो खुल्छ।

images
images

नम्बर लिएपछि  https://eservice.kathmandu.gov.np मा जानुपर्छ।

images
images

बाँकी प्रक्रिया यस्ता छन्:                          

१ नयाँ प्रयोगकर्ता ? "यहाँ दर्ता गर्नुहोस्" मा क्लिक गर्ने

२  करदाता पोर्टलको आवश्यक विवरण भर्ने

३  इमेल वा मोबाइल नम्बरमा आएको ओटिपी कोड करदाता पोर्टलमा भर्ने

४ 'आफ्नो सुरक्षित पासवर्ड राखी दर्ता गर्नुहोस्" मा क्लिक गर्ने

५ पुन: फोन वा इमेलमा प्राप्त भएको ओटिपी कोड राखेर गरी सबमिट गर्ने

६ लगइन गर्नका लागि युजरनेम को ठाउँमा नयाँ आन्तरिक संकेत(वडा कार्यालयबाट लिएको संकेत नम्बर वा आन्तरिक संकेत) राखेर  पासवर्ड राख्‍ने

७ लगइनपछि 'करदाता" मा क्लिक गर्ने

८ “भुक्तानी" मा क्लिक गर्ने

९ कर तिर्नका लागि आफूले चाहे अनुसारको सेवा प्रदायक (जस्तै इसेवा,कनेक्ट आइपिएस, फोनपे,खल्ती) छनोट गरेपछि सेवाप्रदायकको खाता लगइन गरेर भुक्तानी कन्फर्म गर्ने

यसरी राजस्व भुक्तानी गर्दा कुनै समस्या आएमा महानगरको इमेल [email protected] वा  ०१-५३६७३९० / ९८५१०४५०८८ नम्बरमा फोन गरेर जानकारी लिन सकिने छ।

 


प्रकाशित : आइतबार, साउन २४ २०७८०६:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend