शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

गाउँपालिकाले खाद्यान्न बालीको बीमा गर्ने

images
मंगलबार, जेठ १० २०७९
images
गाउँपालिकाले खाद्यान्न बालीको बीमा गर्ने

आचार्यले गाउँपालिकावासीलाई खाद्यान्न उपलब्ध गराउनु आफ्नो पहिलो कार्य भएको बताए।

images
images

मान्म- कालीकोटको शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद आचार्यले पदभारपछि खाद्यान्न बालीको बीमा गर्ने निर्णय गरेका छन्। सोमबार गाउँपालिका अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष आचार्यले सो निर्णय गरेका हुन्। 

images
images
images

आचार्यले गाउँपालिकावासीलाई खाद्यान्न उपलब्ध गराउनु आफ्नो पहिलो कार्य भएको बताए। 'कसैले खाना पाउने अधिकारबाट वञ्चित नहुन भनेर मैले खाद्यान्नबालीको बीमा गरेर भोकमरी हटाउने लक्ष्य राखेको छु', उनले भने, 'प्राकृतिक विपत्तिका कारणले खाद्यान्न बालीमा असर गर्ने भएकाले भोकमरी हुन्छ। त्यसलाई हटाउनका लागि खाद्यान्न बालीको बीमा गरिएको हो।'

images
images

गाउँपालिकामा पाकेको अन्नबाली बाढीपहिरो तथा असिना पानीले सखाप पार्ने भएकाले नागरिकमा भोकमरी त्रास हुने गरेकोले बाली बीमा अनिवार्य रुपमा गरिने अध्यक्ष आचार्यले बताए।

images
images

'मानिसको जीवनमा सबैभन्दा बढी आवश्यकता भनेको गाँस, बास र कपास हो', उनले भने, 'नागरिकका आवश्यकता पूरा गर्नका लागि यो काम गर्न लागेको हुँ।' यस पटक नागरिकले लगाएको गहुँबाली असिनाले नष्ट गरेकाले खाद्यान्न वितरण गर्ने योजना रहेको अध्यक्ष आचार्यले बताए। रासस


प्रकाशित : मंगलबार, जेठ १० २०७९०७:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend